नेपाली क्रिकेट

जिम्बावेविरुद्धको खेलका लागि टिकट मुल्य तय

 काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको ट्वान्टी २० र एकदिवसीय शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मुल्य तोकेको छ ।

क्यानले बिहीबार सामाजिक सञ्जालमार्फत तीन ट्वान्टी २० र तीन एकदिवसीय शृंखलाका लागि एक सय ५० रुपैयाँ टिकट मुल्य राखेको जनाएको हो ।

नेपालले त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ सँग ट्वान्टी २० र एकदिवसीय शृंखला खेल्ने तालिका छ । जुन शनिबारदेखि सुरु हुनेछ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमसँग घरेलु मैदानमा शृंखला खेल्न लागेको हो ।

यसअघि नेपालले घरेलु मैदानमा पछिल्लो पटक चैतमा पपुवा न्यु गिनी (पिएनजी) विरुद्ध एकदिवसीय शृंखला र पिएनजीसँगै मलेसियासम्मिलित त्रिदेशीय ट्वान्टी २० शृंखला खेलेको थियो ।