अस्ट्रेलियन ओपन

मरे पाँच वर्षपछि अस्ट्रेलियन ओपनको दोस्रो चरणमा

मेलबर्न । पाँच पटकका फाइनलिस्ट एन्डी मरे पाँच वर्षपछि अस्ट्रेलियन ओपनको दोस्रो चरणका पुगेका छन् । 

मेलबर्न पार्कमा मंगलबार भएको पहिलो चरणको खेलमा जर्जियाका निकोलोज बसिलासभिलीलाई १-६ ६-३ ४-६ ७-६ (७-५) ४-६ को नतिजामा पराजित गर्दै २०१७ पछि पहिलो पटक दोस्रो चरणमा पुगेका हुन् ।

२०१७ पछि २०१९ मा मात्रै वर्षको पहिलो ग्रान्डस्लाम खेलेका मरे २०१९ मा पहिलो चरणबाटै बाहिरिएका थिए ।

तीन पटकका ग्रान्डस्लाम च्याम्पियन मरे गत वर्ष विम्बल्डनको तेस्रो चरणसम्म पुगेका थिए । यस्तै युएस ओपनको पहिलो चरणबाटै बाहिरिएका मरेले फ्रेन्च ओपन र अस्ट्रेलियन खेलेका थिएनन् ।