एन्फा

राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक उपाध्यायलाई कोभिड १९ संक्रमण

काठमााडौं । नेपाली राष्ट्रिय पुरुष फुटबट टोलीका व्यवस्थापक मधुसुधन उपाध्यायलाई कोभिड १९ संक्रमण पुष्टी भएको छ । 

माघ १५ र १८ मा अफ्रिकी राष्ट्र मौरिससविरुद्धको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालले आजबाट बन्द प्रशिक्षण सुरु गर्दैछ । 

बन्द प्रशिक्षणमा बोलाइएका ३५ खेलाडीसहित प्रशिक्षण टोलीका सदस्यहरुमा सोमबार गरिएको पिसिआर परिक्षणमा उपाध्यायमा कोभिड १९ संक्रमण पुष्टी भएको हो ।

नेपाली टोलीले आजबाट एन्फा मुख्यालय सातदोबाटोमा बन्द प्रशिक्षण सुरु गर्दैछ ।

उपाध्यायले सामाजिक संजाल फेसबुकमार्फत आफूमा कोभिड १९ संक्रमण पुष्टी भएको उल्लेख गरेका छन् ।

‘आज कोभिड संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा छु । अफ्ठेरो महसुस नभए पनि आराममै छु । फोन नउठ्न सक्छ । मसँग सम्पर्कमा रहनु भएका सबैजनाले स्वास्थ्य जाँच गर्नु हुन अनुरोध छ’, उपाध्ययले फेसबुकमा पोस्ट गरेका छन् ।