इन्डियन वेल्स टेनिस

मेदभेदेव चौथो चरणमा

काठमाडौं । विश्व नम्बर चार ड्यानिल मेदभेदेव इन्डियन वेल्स टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ चौथो चरण (क्वार्टरफाइनल) प्रवेश गरेका छन् ।

रसियन स्टार मेदभेदेवले १३औं वरियताका हंगेरियन ग्रिगोर दिमित्रोभलाई २-०को सोझो सेटमा पराजित गरे ।  मेदभेदेवले खेल ६-४,६-४ ले आफ्नो पक्षमा पारे ।

चौथो चरणमा मेदभेदेवले सातौं वरियताका डेनिस स्टार होल्गर रुनेको सामना गर्नेछन् । रुनेले १२औं वरियाताका अमेरिकन टाइलर फ्रिट्जलाई २-६, ७-६ ( ७-२), ६-३ ले हराउँदै चौथो चरणको यात्रा तय गरेका हुन् ।