फ्रेन्च ओपन

स्वायटेक फाइनलमा

काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक फ्रेन्च ओपन टेनिस प्रतियोगिताको महिला एकलतर्फ फाइनल प्रवेश गरेकी छन् ।

पोलिस स्टार स्वायटेकले सेमिफाइनलमा ब्राजिलकी बिट्रिज हद्दाद माइयालाई २-० को सोझो सेटमा पराजित गरिन् ।

स्वयाटेकले खेल ६-२ र ७-६ (९-७) ले आफ्नो पक्षमा पारिन् ।

स्वायटेकले उपाधिका लागि चेक रिपब्लिककी क्यारोलिना मोचुभासँग प्रतिस्पर्धा गर्नेछिन् ।

मोचुभावले विश्व नम्बर दुई बेलारुसकी आर्यना साबालेन्कालाई २-१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुक्षित गरिन् ।

मोचुभाले खेल ७-६(७-५),६-७ (५-७) र ७-५ ले आफ्नो पक्षमा पारेकी हुन्।

क्वार्टरफाइनलमा स्वायटेकले अमेरिकाकी कोको गौफलाई ६-४, ६-२ तथा माइयाले ट्युनिसियाकी ओन्स जाबेउरलाई ३-६, ७-६ (७-५) र ६-१ ले पराजित गरेका थिए ।