फ्रेन्च ओपन

स्वायटेक क्वार्टरफाइनलमा

काठमाडौं । विश्व नम्बर एक इगा स्वायटेक फ्रेन्च ओपन टेनिस प्रतियोगितको महिला एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेकी छन् ।

पोलिस स्टार स्वायटेकले चौथो चरणको खेलमा युक्रेनकी लेसिया सुरेन्कोबाट वाकओभर पाएकी हुन् ।

पहिलो सेटमा ५-१ ले पछाडी रहेको अवस्थामा स्वास्थमा समस्या आएपछि सुरेन्कोले खेल त्याग्ने निर्णय लिएकी थिइन् ।

स्वायटेकले सेमिफाइन्ल प्रवेशका लागि अमेरिकी स्टार कोको गौफको सामना गर्नेछिन् । गौफले एना कारोलिना स्मिडेलोभालाई ७-५ र ६-२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।