एम्बासडर तेक्वान्दो प्रतियोगिता

सापकोटालाई कांस्य

ब्रसेल्स । नेपाली भेट्रान तेक्वान्दो खेलाडी मधुसुदन सापकोटाले बेल्जियम कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगितामा कांस्य पदक जितेका छन् ।

उनले पुरुष ४१–५० वर्षको एकल पुम्सेमा कांस्य पदक जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष मधुसुदन सापकोटाले जानकारी दिए ।

मधुसुदनले ६.१२ अंक जोडे । यसमा पोल्यान्ड पहिलो र बेल्जियम दोश्रो स्थानमा रहे । प्रतियोगिता बेल्जियमको ब्रसेल्समा भएको हो ।