चैत्र १६, २०८२ सोमबार | १३:३६:३६
जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरेना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरेना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा

जेभियर र नाथमलाई उपाधि

काठमाडौं । जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । जेभियर ब्वाइज तथा नाथम गर्ल्समा च्याम्पियन बनेका हुन् ।

ब्वाइज फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९–५५ ले पराजित गर्दै उपाधि रक्षा गर्यो । जेभियरका रवि पौडेलले १७ अंक योगदान गरे । जेभियर लगातार पाँचौं पटक च्याम्पियन बनेको हो ।

दोश्रो क्वार्टरको समाप्तिसम्म गोल्डेनगेट समग्रमा ५ अंकले अघि थियो । पहिलो क्वार्टरमा १८–१२ को अग्रता लिएको जेभियर दोश्रोमा ८–१९ ले पछि पर्यो । तेश्रोमा २६–१० र चौथोमा २७–१४ को महत्वपूर्ण अग्रता बनाउदै जेभियरले उपाधि सुनिश्चित गर्यो । उपाधिसंगै जेभियरले ५० हजार नगद पुरस्कार हात पार्यो भने गोल्डेनगेटले ३० हजार रुपैयाँमा चित्त बुझायो ।

गर्ल्सको उपाधि भिडन्तमा झरना वज्राचार्यको १३ अंक मद्दतमा नाथमले शुभश्रीलाई ३२–७ ले सहजै हरायो ।

नाथमले पहिलोमा १३–०, दोश्रोमा ११–१, तेश्रोमा ६–२ र चौथोमा २–४ को प्रदर्शन गर्यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार रुपैयाँ प्राप्त गरे ।

ब्वाइजमा जेभियरका तेन्जिङ सोनाम भुजेल र गर्ल्समा नाथमकी कृषा डान्डेख्या ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । दुवैले समान पाँच हजार रुपैयाँ पुरस्कार पाए ।

विजेतालाई क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठ, बीबीए निर्देशक ज्योति शेरचन, एसोसिएट डाइरेक्टर आदर्श जोशी, आर्थिक निर्देशक रमेश कुँवर र प्रिन्सिपल उदयराज पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । बैशाख २१ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा आठ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । राउन्ड रोविन लिग पद्दतिमा भएको गर्ल्सतर्फ भने चार टिमको सहभागिता थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो