तेक्वान्दाे

जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने

काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउन्डेसनले तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । गिरिजा प्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप-२०२२’ आयोजना गर्ने भएको हो ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले चैत्र ५ र ६ गते दशरथ रंगशाला त्रिपुरेश्वर, काठमाडौंमा उक्त प्रतियोगिताको आयोजना गरिने जानकारी दिएको हो ।

प्रतियोगितामा ७ प्रदेश २ विभागिय टिमका (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल क्रमश: ३/३ जना महिला/पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी) खेलाडीहरुको सहभागिता रहने र विजेता खेलाडीले क्रमशः ५००, ३०० र २०० नगद अमेरिकी डलर पुरस्कारका साथै मेडल र प्रमाणपत्र वितरण गर्ने फाउन्डेसनले जनाएको छ ।

उनले फाउन्डेसनले गिरिजा प्रसाद कोइरालाको १२औं स्मृति दिवसको अवसरमा ‘जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पिियनसिप २०२२’ आयोजना गर्ने गर्न लागेको जानकारी दिए ।

जिपि फाउन्डेसन ७७ वटा जिल्ला र र ७ प्रदेशमा रहेको भन्दै प्रत्येक प्रदेश र जिल्लामा संयोजक तोकिएको उल्लेख गरे । उनले भने, ‘सातै वटा प्रदेश र जिल्लाहरु आफैले खर्च जुटाइरहेका छन् ।’

पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका खेलकुद विभाग सह–संयोजक तथा कार्यक्रममा प्रमुख अतिथि धर्मराज गिरीले गिरिजा प्रसाद कोइराला फाउन्डेसन नाफारहित स्वतन्त्र संस्था रहेको बताए ।

फाउन्डेसनले अहिलेसम्म विकासको लागि ब्यापक पहल गर्दै आएको उनले दाबी गरे । गिरीले भोलिको दिनमा फाउन्डेसनले खेलाडीहरुलाई अगाडी बढाउन प्रेरित गर्न र खेलबाट खेलाडीहरुले जीवन व्यतित गर्न सक्षम बनाउन यो कार्यक्रमको आयोजना गरेको स्पष्ट पारे ।