बाग्मती प्रदेश खेलकुद

प्रदेश खेलकुद: ललितपुरको कठिन जित

हेटौंडा । प्रथम प्रदेश खेलकुद प्रतियोगिताको अन्तर्गत पुरुष फुटबलमा ललितपुरले कठिन जित निकालेको छ । हेटौंडा स्थित क्याम्पा डाँडा रंगशाला आइतबार भएको खेलमा ललितपुरले चितवनमाथि १–० को कठिन जित निकाल्न सफल भयो ।

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । यदपी दुवै पक्ष गोल गर्ने सुन्दर अवसरहरुबाट चुकेका थिए । दोस्रो हाफको ६८ मिनेटमा कप्तान बसन्त तामाङले गरेको गोलनै ललितपुरका लागि निर्णायक बन्यो ।

कप्तान तामाङले ४० मिटर टाढाबाट सुन्दर गोल गरेका थिए । नकाउट पद्दतिमा सुरु भएको प्रतियोगिताको सोमबारकका खेलहरु रामेछाप र सिन्धुपाल्चोक र मकवानपुर र नुवाकोटबीच हुने फुटबल खेल संयोजक कल्पना शर्माले बताइन् । 

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना सुरु प्रतियोगिताको आइतबारै हेटौंडामा भएको ब्याडमिन्टन प्रतियोगितामा महिला र पुरुषतर्फ आठ/आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

महिलातर्फ सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, नुवाकोट, धादिङ, चितवन, भक्तपुर र ललितपुर क्वाटरफाइलनमा प्रवेश गरेको प्रतियोगिता संयोजक दिपक थापाले बताए । पुरुषतर्फ रसुवा, चितवन, सिन्धुली, काभ्रे, ललितपुर, रामेछाप, धादिङ र नुवाकोट क्वाटरफाइनलमा प्रवेश गरेको उनले जानकारी दिए ।

सोमबार बिहानबाट क्वाटरफाइनलका खेल हुने आयोजकले बताएको छ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेको धुलिखेलमा हुनेछ ।