खेलकुद मन्त्री

एन्टी डोपिङको कार्यक्रममा सहभागी खेलकुद मन्त्री युएई जाने

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) एन्टी डोपिङ सम्बन्धि कार्यक्रममा भाग लिन दुबई जाने भएका छन् । नेपाल एयरलाइन्सको बिमानबाट मन्त्री गहतराज आइतबार राति ११ः३० बजे दुबई जान लागेका हुन् ।

मन्त्रीसँगै मन्त्रालयका सचिव डा. दामोदर रेग्मीसमेत दुबई जाने कार्यक्रम रहेको छ । मार्च १४ देखी १५ सम्म दुबईमा हुने खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एसिया/ओसिनिया क्षेत्र अन्तरसरकारी मन्त्रिस्तरीय बैठकमा सहभागी हुन मन्त्री गहतराजको नेतृत्वमा नेपाली टोली मिडिल–इस्ट जान लागेको हो ।

विश्व एन्टी डोपिङ संघ (वाडा) को आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा एसिया क्षेत्रका खेलकुद मन्त्रीहरुको सहभागिता रहने बताइएको छ । मन्त्री गहतराज आउँदो चैत्र २ गते स्वदेश फर्कने कार्यक्रम छ ।