विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिता

विद्यालयस्तरीय तेक्वान्दोः ट्रिटनका प्रोग्रेसलाई स्वर्ण

विद्यालयस्तरीय तेक्वान्दोका पदक विजेता

काठमाडौं। ट्रिटनका प्रोग्रस खड्काले प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगिताको पुरुष चिल्ड्रेन एन्ड क्याडेटको २७ केजीमुनिमा बुधबार स्वर्ण जितेका छन् । नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा प्रोगेसले रिपुमर्दिनीका विलिभ बोहरालाई पराजित गरे ।

सोही स्पर्धाको पुरुष २५ केजीमुनि एम्बासडरका कविर लायो मगर र २९ केजीमुनिमा श्री भीमसेनका करण यादव, १८ केजीमुनिमा हेभन्ली गार्डेन किड्सका सुयोश सारु मगर, २१ केजीमुनिमा श्री लीलावती नेसनल एकेडेमीका वीरेन्द्र हुमागाईं र २३ केजीमुनिमा श्री भीमसेनका अखिल बराइलीले स्वर्ण चुमे ।

चिल्ड्रेन एन्ड क्याडेटको महिला ३७ केजीमुनिमा कालाखोलाकी जेनिशा पुन, २४ केजीमुनिमा प्रोक्सिमाकी कृतिका देउला, २६ केजीमुनिमा विजेश्वरी ज्ञान मन्दिरकी दीपिका गुरुङ, २९ केजीमुनिमा विश्व निकेतनकी अर्चना माझी, ३१ केजीमुनिमा विजेश्वरीकी सरस्वती साउद, १६ केजीमुनिमा विजेश्वरीकी इस्वोरा नाथ, १८ केजीमुनिमा पृथ्वीकी सेनिशा भट्ट, २० केजीमुनिमा विजेश्वरीकी बेविशाकुमारी सिंह र २२ केजीमुनिमा न्यु दीर्घायूकी अनिश्का जैसवालले स्वर्ण जिते ।