युरोपियन च्याम्पियन्स लिग

एम्बाप्पेको गोल, पहिलो लेगमा पिएसजी विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत प्रि क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रियाल सोसिडाडलाई २–० ले हराएको छ ।

बुधबार राति स्पेनिस क्लबमाथि सहज जितसँगै फ्रेन्च क्लबले अन्तिम आठ नजिक रहेको हो । पिएसजीको जितमा केलियन एम्बाप्पे र ब्राड्ली बार्काेलाले समान एक गोल गरेका हुन् ।

घरेलु मैदान पार्क डेस प्रिन्सेसमा ४६ हजार चार सय समर्थकमाझ पिएसजीले दोस्रो हाफमा मात्रै अग्रता बनायो । कप्तान मार्किन्होसको पासमा एम्बाप्पेले सहज गोल गरेका हुन् ।

दोस्रो गोल ७०औं मिनेटमा भयो । फाबियन रुइजको पासमा बार्काेलाले गोल गर्दै पहिलो लेगमा महत्वपूर्ण जित दिलाएका हुन् ।

दोस्रो लेग मार्च ५ मा स्पेनमा हुनेछ ।