दिनेश दाहाल स्मृति पाँचौं अन्तर डोजाङ तेक्वान्दो

एनटिए टिम च्याम्पियन

उपाधि विजेता एनटिएलाई ट्रफी प्रदान गरिदै

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) दिनेश दाहाल स्मृति पाँचौं अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । एनटिएले आठ स्वर्ण, पाँच रजत र तीन कांस्य पदक जित्यो ।

एनटिए र अल्पाइन एकेडेमीद्वारा संयुक्त आयोजित प्रतियोगितामा अल्पाइन सात स्वर्ण, पाँच रजत र १२ कांस्य पदका साथ दोस्रो भयो । तेश्रो स्थानको सनसाइन स्कुलले ६ स्वर्ण, १२ रजत र २२ कांस्य पदक हात पार्यो ।

डाँछीस्थित अल्पाइन एकेडेमीमा भएको प्रतियोगिताको समापनका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता तेक्वान्दोका वीरबहादुर महरालाई दिनेश दाहाल स्मृति खेलकुद प्रतिभा सम्मानसहित ५ हजार रुपैयाँबाट सम्मान गरिएको थियो ।

 साग स्वर्णधारी वीरबहादुर महरालाई सम्मान गरिदै 

 यसैगरी खेल पत्रकार गोरखापत्रका प्रजीत शाक्य र सेतोपाटी अन्लाइनका सीताराम कोइरालालाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

 विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, प्रतियोगिता संयोजक अल्पाइन एकेडेमीका प्रिन्सिपल अनन्तराम ढकाल, तेक्वान्दो मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालगायतले  पुरस्कृत गरे । 

एक दिने प्रतियोगितामा विभिन्न ३० स्पर्धामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।