चैत्र ५, २०८२ बिहीबार | २२:५५:३३
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

शुक्रको टिमलाई प्रो-एमको उपाधि

धरान । नेपाल नम्बर १ प्रो शुक्रबहादुर राईको टिमले शनिबार धरान गल्फ क्लबमा भएको ७०-पारको सूर्य नेपाल इस्टर्न ओपन प्रो-एमको उपाधि जितेको छ ।

विजेता टिममा शुक्रसहित एमेच्योर गल्फरहरू दिनेश बानियाँ, मिलन याखा र कवि थापा थिए । दिनेशले ४०, तथा मिलन र कविले ३९ अंक सहित कुल १ सय १८ को स्कोरमा यो टिमले पहिलो स्थानमा रह्यो ।

प्रो राजेन राई र एमेच्योर श्याम तामाङ, दिवस तुलाधर र सुनिल कार्कीको टोलीले  कुल १ सय १० अंकका साथ दोस्रो स्थान हासिल गर्यो । श्यामले ३९, दिवासले ३६ र सुनिलले ब्याकमा ३५ अंक जोडे । प्रो भुवन नगरकोटी तथा एमेच्योर अर्जुन सुनुवार, भटराज गुरुङ र युवराज तामाङ तेस्रो भए । तेस्रो हुने टिमले कुल १०५ अंक बनाएको थियो । १ सय ५ अंक जोड्ने क्रममा तीनैजना एमरच्योर गल्फरले समान ३५ अंक जोडे ।

महिलातर्फ सुष्मा सिंहले ३४ अंक जोडेर उत्कृष्ट व्यक्तिगत अवार्ड हात पारिन् । लङगेस्ट ड्राइभको उपाधि प्राकृत तामाङ र क्लोजेस्ट टु दी पिनको उपाधि मेजर आदित्य प्रताप सिंहले प्राप्त गरे।

शुक्रवार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनका शीर्ष ६ प्रो गल्फरलाई ड्रमा राखिएको थियो र नेपाल नम्बर १ प्रो शुक्रले शीर्ष तीन टोलीका लागि चिठ्ठा निकालेका थिए । एमेच्योरतर्फ तीन उत्कृष्ट स्कोर गरेका गल्फर पहिलो हुने टोलीमा थिए । यस्तै चौथो, पाँचौं र छैटौं एमेच्योर उपविजेता टोलीमा हुँदा तेस्रो हुने टिममा सातौं, आठौं र नवौं स्थानमा रहेका एमेच्योर गल्फर थिए ।

प्रतियोगितामा ८० एमेच्योर र १६ प्रो गल्फरको सहभागीता रहेको थियो । विजेतालाई मेजर जनरल आशबहादुर तामाङ, डिआइजी चन्द्रकुमार खापुङ, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयश प्याकुरेल, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बुले पुरस्कार वितरण गरे ।

 ५४ होलको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका थिए । उनले समग्रमा ३-अन्डर २ सय ७ को स्कोर खडा गरेका थिए । धरानकै निरज तामाङले समग्रमा २-ओभर २ सय १२ को स्कोरमा दोस्रो र भुवन नगरकोटी ३-ओभर २ सय १३ को नतिजामा तेस्रो स्थान प्राप्त गरेका थिए। 

सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनमा कुल ३० प्रो र १७ एमेच्योर गल्फरको सहभागीता  थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो