माघ १५, २०८२ बिहीबार | १०:४४:२३
वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि

शुक्रको टिमलाई प्रो-एमको उपाधि

धरान । नेपाल नम्बर १ प्रो शुक्रबहादुर राईको टिमले शनिबार धरान गल्फ क्लबमा भएको ७०-पारको सूर्य नेपाल इस्टर्न ओपन प्रो-एमको उपाधि जितेको छ ।

विजेता टिममा शुक्रसहित एमेच्योर गल्फरहरू दिनेश बानियाँ, मिलन याखा र कवि थापा थिए । दिनेशले ४०, तथा मिलन र कविले ३९ अंक सहित कुल १ सय १८ को स्कोरमा यो टिमले पहिलो स्थानमा रह्यो ।

प्रो राजेन राई र एमेच्योर श्याम तामाङ, दिवस तुलाधर र सुनिल कार्कीको टोलीले  कुल १ सय १० अंकका साथ दोस्रो स्थान हासिल गर्यो । श्यामले ३९, दिवासले ३६ र सुनिलले ब्याकमा ३५ अंक जोडे । प्रो भुवन नगरकोटी तथा एमेच्योर अर्जुन सुनुवार, भटराज गुरुङ र युवराज तामाङ तेस्रो भए । तेस्रो हुने टिमले कुल १०५ अंक बनाएको थियो । १ सय ५ अंक जोड्ने क्रममा तीनैजना एमरच्योर गल्फरले समान ३५ अंक जोडे ।

महिलातर्फ सुष्मा सिंहले ३४ अंक जोडेर उत्कृष्ट व्यक्तिगत अवार्ड हात पारिन् । लङगेस्ट ड्राइभको उपाधि प्राकृत तामाङ र क्लोजेस्ट टु दी पिनको उपाधि मेजर आदित्य प्रताप सिंहले प्राप्त गरे।

शुक्रवार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपनका शीर्ष ६ प्रो गल्फरलाई ड्रमा राखिएको थियो र नेपाल नम्बर १ प्रो शुक्रले शीर्ष तीन टोलीका लागि चिठ्ठा निकालेका थिए । एमेच्योरतर्फ तीन उत्कृष्ट स्कोर गरेका गल्फर पहिलो हुने टोलीमा थिए । यस्तै चौथो, पाँचौं र छैटौं एमेच्योर उपविजेता टोलीमा हुँदा तेस्रो हुने टिममा सातौं, आठौं र नवौं स्थानमा रहेका एमेच्योर गल्फर थिए ।

प्रतियोगितामा ८० एमेच्योर र १६ प्रो गल्फरको सहभागीता रहेको थियो । विजेतालाई मेजर जनरल आशबहादुर तामाङ, डिआइजी चन्द्रकुमार खापुङ, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयश प्याकुरेल, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बा र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बुले पुरस्कार वितरण गरे ।

 ५४ होलको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि रक्षा गरेका थिए । उनले समग्रमा ३-अन्डर २ सय ७ को स्कोर खडा गरेका थिए । धरानकै निरज तामाङले समग्रमा २-ओभर २ सय १२ को स्कोरमा दोस्रो र भुवन नगरकोटी ३-ओभर २ सय १३ को नतिजामा तेस्रो स्थान प्राप्त गरेका थिए। 

सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनमा कुल ३० प्रो र १७ एमेच्योर गल्फरको सहभागीता  थियो ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।