काठमाडौं जिल्लास्तरीय तेक्वान्दो

एसकेबिसी तेक्वान्दोमा लैनचौर च्याम्पियन

काठमाडौं । लैनचौर तेक्वान्दो डोजाङ प्रथम एसकेबिसी काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ ।

एसकेबिसी तेक्वान्दो डोजाङ र श्री चन्द्रविन्दु इन्टरनेसनल स्कुल (स्किब्स) ले संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा लैनचौरले नौ स्वर्ण, सात रजत र तीन कांस्य पदक जित्यो । 

 दोश्रो भएको द नेक्स्ट लेभल तेक्वान्दोले पाँच स्वर्ण,चार  रजत र एक कांस्य हात पार्यो। तीन स्वर्ण, दुई रजत र एक कांस्य पदक जितेको तुखियाँ तेक्वान्दो डोजाङले तेश्रो स्थान हासिल गर्यो ।

टोखा नगरपालिका वडा ५, श्री टोलस्थित श्री समाज भवनमा भएको प्रतियोगिताको पुरुषमा एसकेबीसीका सोहन तामाङ र महिलामा ढल्को तेक्वान्दो डोजाङकी यान्चेन लामा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई टोखा नगरपालिकाका कार्यकारी अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका शिक्षा शाखा अधिकाठमाडौं जिल्लास्तरीय तेक्वान्दो काठमाडौं जिल्लास्तरीय तेक्वान्दो कृत खगेन्द्रसिंह धामी, स्किब्सका प्रिन्सिपल अरुणकुमार केसी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले  पुरस्कृत गरे ।

दुई दिने प्रतियोगितामा करिब ५ सय खेलाडीले ४० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।