एसिसी महिला प्रिमियर कप

महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडी

फाइल तस्बिर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी महिला प्रिमियर कपका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । प्रतियोगिता आगामी फेब्रुअरी ९ देखि १८ सम्म मलेसियामा हुँदैछ ।

प्रतियोगितामा नेपालसहित, आयोजक मलेसिया, संयुक्त अरब ईमिरेट्स (युएई), थाइल्यान्ड, इन्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, कुवेत ओमन सिंगापुर, जापान, कतार र माल्दिभ्सले सहभागिता जानउने छन् ।

प्रतियोगितामा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । प्रत्यक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको फाइनल पुग्ने टोली सन् २०२४ को एसिसी महिला एसिया कपका लागि छनोट हुनेछन् ।

बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडी

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, काजल श्रेष्ठ, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, विन्दु रावल, अस्मिना कर्माचार्य, सोनी पाख्रिन, यशोदा विष्ट, खुसी डंगोल, सबनम राई, रोमा थापा, संगीता राई, सोमु विष्ट, ममता चौधरी, पुजा महतो, कविता कुँवर, आरती महतो, सम्झना खड्का, ज्योत्स्निका मरासिनी, लक्ष्मी साउद, लक्ष्मी चौधरी