इङ्लिस प्रिमियर लिग

चेल्सीको कठिन जित

काठमाडौं । घरेलु टोली चेल्सीले इङ्लिस प्रिमियर लिगमा शनिबार फुलहमविरुद्ध १-० को कठिन जित निकालेको छ ।

स्टामफोर्ड ब्रिजमा कोले पाल्मरले गरेको एक मात्र गोल चेल्सीलाई जित दिलाउन पर्याप्त बन्यो । पाल्मरले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत गोल गरेका थिए । 

जितसँगै २८ खेलमा ३१ अंक जोडेको चेल्सी आठौं स्थानमा छ । पराजय ब्यहोरेको फुलहम समान खेलबाट २४ अंकका साथ १३ औं स्थानमा छ ।