चैत्र ८, २०८२ आइतबार | २०:५१:५९
चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित बसिरको शतकमा डिफेन्डिङ च्याम्पियनमाथि आर्मीको जित राखेपको आरोपः एन्फाले ढाँट्यो दिपेन्द्रले सहभागीता जनाउने पिएसएल दर्शकबिना हुने आसिफको शतकमा एपिएफको विजयी सुरुवात हङकङ र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल रद्ध इङ्लिस प्रिमियर लिगः टोटेनहमलाई नटिङ्घमको चुनौती

राष्ट्रिय खुल्ला ब्याडमिन्टन: प्रिन्स र रशिला च्याम्पियन

काठमाडौं । नेपाल एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मीकी रशिला महर्जन प्रथम प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

स्पोर्टस हबको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २-० को सोझो सेटमा पराजित गरे । प्रिन्सले दुवै सेट २१-१६ ले आफ्नो पक्षमा पारे ।  एपिएफका देव राज राना र नेपाल पुलिसका विष्णु कटुवालले तेश्रो स्थान हासिल ।

यस्तै महिला एकलतर्फ रशिलाले आफ्नै क्लबकी अनुमाया राईलाई पराजित गरिन् । रशिलाले खेल २१-३, २१-१४ ले आफ्नो पक्षमा परेकी हुन् । आर्मीकी अमिता गिरी र कस्तुरी कलेजकी सिमा राजवंशी संयुक्त तेश्रो भए ।

बौद्ध लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको स्थानियतर्फ आयोजक स्पोर्टस हबका अनुज तामाङ र सुमित थोकरले जित हात पारे । अनुज र सुमितको जोडीले स्पोर्टस हबकै अनिष गुरुङ र रमेश ठकुरीको जोडीलाई १८-२१, २१-११, २१-१३ ले पराजित गर्दै प्रथम स्थान हात पार्न सफल भएका थिए । तेश्रो स्थानमा ध्रुव खत्री र लाक्पा तामाङको जोडी तथा अश्मिल शाही र लाक्पा शेर्पाको जोडी रहे ।

रशिला महर्जन

पुुरुष शीर्ष २० वरियता बाहेकको युगलतर्फ आयोजकका अभिषेक गुरुङ र निश्चल खत्रीको जोडी तथा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेप विच भएको प्रतिस्पर्धामा अधिकारी र लिनथेपको जोडीले २१-१४, २१-१९ को जित निकाल्दै उपाधी उचाले । एपिएफका भोज बहादुर गुरुङ्ग र सन्तोष पनेरुको जोडी तथा विवेक कन्दङ्गवा र नेल्सन राईको जोडी संयुक्त तेश्रो भए ।

भेट्रान्स ३५ वर्ष माथिको खेलमा कास्कीका विशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीले उपाधी उचाले । खड्का र महर्जनको जोडीले आयोजकका आकास छन्त्याल र आङ्ग कुसाङ्ग शेर्पाको जोडीलाई २१-११, २१-१४ ले पराजित गरे ।  तेश्रो स्थानमा चितवनका विद्वान गुरुङ्ग र अमर रायमाझीको जोडी तथा पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गको जोडी रहे ।

४५ बर्ष माथिको प्रस्पिर्धामा चन्द्रागिरी ब्याडमिन्टन क्लबका हरि खत्री र राजकुमार पोखरेलको जोडीले पिस फिटनेश सेन्टरका संजय कपाली र अनिल थाम्सुहाङ्गकको जोडीलाई २१-१४, २१-१८ ले स्तब्ध बनाउँदै उपाधि जिते । गण्डकीका तिलक छन्त्याल र हिरा रोका तथा एपिएफका धिरेन्द्र चन्द र टोखाका टिका थापा मगरको जोडी संयुक्त तेश्रो भए ।

विजयी खेलाडीलाई पूर्व मन्त्री एवं नेकपा माओवादी नेतृ पम्फा भुषालले पुरस्कार वितरण गरेकी थिइन् ।
करिव २५ लाखको लागत रहेको प्रतियोगितामा विजेता, उपविजेता एवं तेस्रो  स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः ४५ हजार, २५ हजार र १० हजारसहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

ब्याडमिन्टन संघको मान्यता प्राप्त बरियता सहितको राष्ट्रिय प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल (शीर्ष २० वरियता बाहेक), स्थानिय स्तर, मास्टर्स युगल ३५ वर्ष माथी र ४५ वर्ष माथी गरि ६ विधामा प्रतिस्पर्धा भएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो