ललितपुर जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिता

जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताः योङगीलाई स्वर्ण

काठमाडौं । योङ्गी पौडेलले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको गर्ल्स यु-१६ सिंगल्समा स्वर्ण जितेकी छन् ।

सातदोबाटोस्थित कराते हलमा बुधबार भएको फाइनलमा योङ्गीले अंकिता बज्राचार्यलाई ११-८, ११-९ र ११-९ को सोझो सेटमा पराजित गरिन् । यो स्पर्धामा एभिएमकी आस्मा पहरी र हाखा युवा क्लबकी इशानी महर्जन संयुक्त रुपमा तेश्रो भए ।

सोही स्पर्धाको ब्वाइजमा अस्मिता स्कुलका आशिष महता पहिलो, एभिएमका आरिश शाक्य दोश्रो तथा एभिएमकै कुशल र जयश्नु महर्जन तेश्रो बने ।

गर्ल्स यु-१२ सिंगल्समा एभिएमकी श्रृया शाक्य पहिलो, एभिएमकै अर्सना महर्जन दोश्रो तथा मार्योकी सुरमाया शाक्य र एभिएमकी निर्भी श्रेष्ठ तेश्रो बने ।

यु-१२ ब्वाइजमा इडेन गार्डेन स्कुलका रिजन शाक्य पहिलो, एभीएमका स्वर्णिम शाक्य दोश्रो तथा बसराका वचन विष्ट र सीवाइसीका निर्भाना वज्राचार्य तेश्रो भए ।