नेपाल हक्की संघ

एक साताको हक्की सोलिडारिटी कार्यक्रम सुरु

काठमाडौं । नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबारदेखि एक साताको ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ ।

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरेर कुल ३० जनाको सहभागिता छ । कार्यक्रममा हक्कीको प्रशिक्षक तथा निर्णायकका प्राविधिक पक्षबारे प्रशिक्षण दिइनेछ । यस्तै इभेन्ट्स म्यानेजमेन्टबारे पनि प्रशिक्षण दिइनेछ । प्रशिक्षकका भूमिकामा रहेका अली पाकिस्तानका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् ।

प्रशिक्षणका क्रममा हक्कीका सैद्धान्तिकसँगै प्रयोगात्मक ज्ञान पनि प्रदान गरिनेछ । 

कार्यक्रमको उद्घाटन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए । त्यस अवसरमा श्रेष्ठलेले यस प्रशिक्षणबाट उत्पादन हुने जनशक्तिले नेपालमा हक्की खेलको पुर्नउत्थान हुने विश्वास राखेको बताए ।

उद्घाटन  कार्यक्रम हक्की संघका कार्यवाहक अध्यक्ष अनिल शर्माको सभापतित्वमा भएको थियो ।