वानिन्दु हसरंगा

टेस्ट क्रिकेटबाट संन्यास लिने हसरंगाको घोषणा

काठमाडौं । श्रीलंकन अलराउन्डर वानिन्दु हसरंगाले टेस्ट क्रिकेटबाट संन्यास लिने घोषणा छन् । 

२६ वर्षीय हसरंगाले सिमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्ने भन्दै टेस्टबाट सन्न्यास लिने घोषणा गरेको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

सन् २०२०मा दक्षिण अफ्रिकाविरुद्धको खेलमार्फत टेस्टमा डेब्यू गरेका हसरंगाले सन् २०२१ मा बंगलादेशविरुद्ध अन्तिम टेस्ट खेल खेलेका थिए ।

हसरंगाले ४ टेस्ट खेलमा ४ विकेट लिनुका साथै १ अर्धशतकसहित कुल १ सय ९६ रन बनाए ।

हसरंगाले ४८ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ६७ विकेट लिनुका साथै ४ अर्धशतकसहित कुल ८ सय ३२ रन बनाएका छन् । त्यस्तै उनले ५८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा ९१ विकेट लिनुका साथै एक अर्धशतकसहित कुल ५ सय ३३ रन बनाएका छन् ।