इङ्लिस प्रिमियर लिग

एडम्स भित्र्याउने बर्नमाउथको चाहना

काठमाडाैं । इङ्लिस क्लब बर्नमाउथले अमेरिकाका मिडफिल्डर टाइलर एडम्स भित्र्याउने इच्छा देखाएको छ ।

बर्नमाउथले इङ्लिस क्लब लिड्स युनाइटेडबाट एडम्स भित्र्याउन चाहेको हो । लिड्सले एडम्सको रिलिज क्लज २० मिलियन पाउन्ड राखेको छ ।

सन् २०२२ मा जर्मन क्लब रेडबुल लाइपजिगबाट लिड्स भित्रिएका एडम्सले २४ प्रिमियर लिग खेल खेले ।

एडम्स अनुबन्धका लागि प्रिमियर लिगकै चेल्सी र एस्टन भिल्लाले पनि चासो देखाइरहेका छन् ।