वैशाख २९, २०८२ सोमबार | ०२:२७:४६
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

क्यान निर्वाचनः पूर्वकप्तान पारस बागमती प्रदेशमा कति बलिया ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचन आगामी असोज पहिलो साता हुँदै छ । त्यसअघि अहिले धमाधम जिल्ला क्रिकेट संघहरूको निर्वाचन भइरहेका छन् । 

क्यानसँग आबद्ध ४५ जिल्लामध्ये २० जिल्लाको निर्वाचन २०७८ सालमै सम्पन्न भइसकेको थियो । बाँकी २५ जिल्लामा अहिले चुनावी साधारणसभा भइरहेका छन् ।

अधिकांश जिल्लाको निर्वाचन भइसकेको स्थिति छ । काठमाडौ जिल्ला संघको अन्तिम निर्वाचन भने  मंगलबार हुँदै छ । क्यानको निर्वाचन तालिकाअनुसार जिल्लापछि भदौ पहिलो साताबाटै प्रदेश निर्वाचन हुनेछ । प्रदेशमा समेत आ-आफ्नो प्यानलसहित विभिन्न समूहले दाबी गर्दै आएका छन् ।

बागमती प्रदेशमा हुने निर्वाचनमा भने क्रिकेटरदेखि आम समर्थक र क्रिकेट राजनीति गर्नेको चासो बढेको छ । एक दशक नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरेका पारस खड्का नेतृत्वका सम्भावित उम्मेदवार हुन् ।

यद्यपि पारसले यस विषयमा कुनै घोषणा गरेका छैनन् । उनले सार्वजनिक रूपमा बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष दाबी गरेका छैनन् । तर, उनको भित्रि तयारी भने दमदार रहेको निकटहरू बताउँछन् ।

जिल्ला निर्वाचनमा आफ्नो वातावरण बनाउन पारस उपत्यकाका जिल्लासहित मोफसलमा चितवन र मकवानपुरसम्म पुगेका छन् । उनी आफ्नो पक्षमा माहोल बनाउन र मतका लागि दौडधुपमा छन् ।

मंगलबार हुने काठमाडौं जिल्लाको निर्वाचनसँगै बागमती प्रदेशका ६ जिल्लाको निर्वाचन सम्पन्न हुनेछ । काठमाडौंको निर्वाचनसँगै पारसले बागमती प्रदेशको अध्यक्ष पदमा बहुमत प्राप्त गर्ने आँकलन छ ।

प्रदेशमा आफूअनुकूलको नतिजा निस्केमा पारसले केन्द्रीय निर्वाचनमा पनि दाबी गर्नेछन् । उनी वर्तमान अध्यक्ष चतुरबहादुर चन्दलाई साथ दिँदै क्यानको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने योजनामा छन् ।

‘अहिलेको माहोल हेर्दा पारसको पक्षमा राम्रो देखिएको छ । त्यसैले पनि उनले बागमतीमा उम्मेदवारी दिनेछन्,’ पारस निकट रहेको बागमती प्रदेशअन्तर्गत जिल्ला क्रिकेट संघका एक सदस्यले खेलाडीसँग भने । ‘पछिल्लो जिल्ला निर्वाचनमा राम्रो नतिजा आएपछि पारसको पक्षमा माहोल खुलेको हो,’ नाम नलेख्ने सर्तमा उनी थप्छन् ।

ठूलै राजनीति र उथलपुथल नभएको खण्डमा पारस क्यानको प्रदेश हुँदै केन्द्रीय चुनावमा होमिने छन् । उनले सक्रिय क्रिकेट खेलाडीबाट संन्यास लिएको दुई वर्ष भएको छ ।

बागमती प्रदेशका ६ जिल्लामध्ये पारसको पक्षमा ४ जिल्ला हुनेछन् । सोमबार निर्वाचित भएको भक्तपुरसँगै मकवानपुर, ललितपुर र काठमाडौं पारसको पक्षमा हुनेछ । चितवन र नुवाकोटको भोट भने पारसका लागि नरहने पक्कापक्की छ ।

भक्तपुरमा पारस महासचिव रहेको क्रिकेट खेलाडी संघ (सिप्यान) का अध्यक्ष मनिषराज पाण्डे, मकवानपुरमा करन महत क्षेत्री, ललितपुरमा शेखर श्रेष्ठ र काठमाडौं जिल्ला पारसको पक्षमा खुलेरै लागेका छन् । काठमाडौं जिल्लाको अध्यक्षमा क्यानका पूर्व उपाध्यक्ष दिवाकर घले सर्वसम्मत हुने निश्चितजस्तै छ ।

चितवन जिल्लाका सुदीप पिया नै बागमतीमा पारसको प्रतिस्पर्धी हुने तयारीमा छन् । उनलाई नुवाकोटका अध्यक्ष तथा वर्तमान क्यानका कार्यवहाक सचिव दुर्गाराज पाठकको साथ छ ।

यता, प्रदेशमा आफूअनुकूलको नतिजा निस्केमा पारसले केन्द्रीय निर्वाचनमा पनि दाबी गर्नेछन् । उनी सचिव पदमा उठ्ने चर्चा छ । उनी वर्तमान अध्यक्ष चतुरबहादुर चन्दलाई साथ दिँदै क्यानको केन्द्रीय राजनीतिमा प्रवेश गर्ने योजनामा छन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP