युरो कप अन्तरविद्यालय बास्केटबल

युरो कप बास्केटबल भोलिदेखि

काठमाडौं। युरो स्कुलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ब्वाइजमा १८ तथा गर्ल्समा १२ गरी ३० टिमको सहभागिता रहने युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट पद्दतिमा खेलाइने प्रतियोगिता संयोजक डिकेश प्रधानले जानकारी दिए ।

आचार्यले विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्न अवसर दिनुका साथै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउदै यु–१७ उमेरसमूहमा प्रतिस्पर्धा हुने बताइन् ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताका खेलहरु हात्तीगौडास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ । पत्रकार सम्मेलनमा युरोकी भाइस प्रिसिपल एन्जिला तामाङ, स्कुल प्रमुख एलेक्स एलेसनलगायतको उपस्थिति थियो । फाइनल भदौ १३ गते हुनेछ ।