यु २३ पुरुष बास्केटबल प्रतियोगिता

गोल्डेनगेट सेमिफाइनलमा

काठमाडौं । गोल्डेनगेट राष्ट्रव्यापी खेलकुदअन्तर्गत यु २३ पुरुष बास्केटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा गोल्डेनगेटले विशाल मिलन केन्द्र (बिएमके) लाई ७२-६८ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो । गोल्डेनगेटका अभिषेक सिंहले २९ अंक जोडे । रोयल, टाइम्स र कीर्तिपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय बास्केटबल विभागको आयोजनामा भइरहेको प्रतियोगितामा सोमबार हुने सेमिफाइनलमा गोल्डेनगेटको भेट रोयलसँग हुनेछ भने टाइम्सले कीर्तिपुरको सामना गर्नेछ । 

अन्य खेलमा बलर्स एकेडेमीले आइएसए नेपाललाई ७३–६७ तथा जेभियरले मेरिलियोनलाई ५९–४९ ले हराए । बलर्सका आलोक क्षेत्रीले १३ तथा जेभियरका आभाष गुरुङले १२ स्कोर गरे ।