संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

ज्ञानोदय र रेडियन्ट क्वार्टरफाइनलमा

काठमाडौं । ज्ञानोदय र रेडियन्ट तेश्रो संस्कृति कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित आयोजक संस्कृति इन्टरनेसनल स्कुलको कोर्टमा शुक्रबार ज्ञानोदयले युरोलाई ३४-२० ले पराजित गरेको हो । ज्ञानोदयको जितमा दिपेश शाहीले २९ अंक योगदान गरे ।

सन्तोष शर्माको १४ अंक सहयोगमा रेडियन्टले मातृभुमिलाई ३७-२२ ले हरायो ।

ब्वाइजमै संस्कृतिले एक्सेल्सियरलाई २७-१८, काठमाडौं भ्यालीले टीआईएलाई ५४-२०, निसर्गले रातो बंगलालाई १८-१७, हेम्सले काठमाडौं वर्ल्डलाई ३२-२३ र होली भिजनले जेम्सलाई ४५-२३ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

संस्कृतिका दीप जोशी श्रेष्ठले ६, काठमाडौं भ्यालीका वनाह गुरुङले २२, निसर्गका अभनलाल श्रेष्ठले १०, हेम्सका हेमन्त राजवंशीले १८ र होली भिजनका सविन लामाले २३ स्कोर गरे ।