फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपस

नेपाल भुटानसँग पराजित

काठमाडौं । फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपसको पहिलो खेलमा नेपाललले हार ब्यहोरेको छ । 

माल्दिभ्सको मालेमा बुधबार भएको प्रतियोगिताको पहिलो खेलमा नेपाल भुटानसँग ६१-५५ ले पराजित भएको हो ।

पहिलो क्वार्टरमा १३-२१ ले पछि परेको नेपालले त्यसपछिका दुई क्वार्टरमा १६-१५ र १३-१२ को अग्रता बनाएको थियो ।

चौथो तथा निर्णायक क्वार्टरमा दुवै टोलीले समान १३ जोडेपछि नेपाल समग्रमा ६१-५५ ले पराजित भयो ।

नेपालले बिहीबार पाकिस्तानसँग दोस्रो खेल खेल्नेछ ।

नेपालले सन् २०१९ को १३औं  दक्षिण एसियाली खेलकुद (साग) पछि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको हो ।

जुन २२ सम्म हुने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता छ ।