तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिता

एलएनए र एन्जल्स हार्ट च्याम्पियन

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी (एलएनए) र एन्जल्स हार्ट  प्रथम तार्केश्वर नगर प्याब्सन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्प्यिन बनेका छन् ।

एलएनए सिनियर गर्ल्स तथा एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बनेका हुन् ।

 तार्केश्वर नगर प्याब्सनद्धारा आयोजित प्रतियोगिताको सिनियर गर्ल्सको उपाधि भिडन्तमा बुधबार एलएनएले न्यू एरालाई २३-१४ ले पराजित गरेको हो । एलएनएको जितमा सिमरन महर्जनले आठ अंकको योगदान गरिन् ।

मनमैजुस्थित एलएनएको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा रुपेश पौडेलको १४ अंकको सहयोगमा एन्जल्स हार्टले एलएनएलाई ५१-३३ ले हरायो । दुवै समूहमा हिमरश्मीले तेश्रो स्थान हासिल गर्यो ।

रुपेश र सिमरन आ-आफनो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

 जुनियर ब्वाइजमा एलएनएका साहिद पुन तथा सिनियर गर्ल्सका न्यू एराकी प्रनिशा श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने । साहिदले ५६ तथा प्रनिशाले ५० स्कोर गरेका थिए ।

जेठ २५ देखि सुरु प्रतियोगिताको जुनियर ब्वाइजमा १६ तथा सिनियर गर्ल्समा १४ टोलीले सहभागिता जनाएका थिए ।