प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिता

प्रदीप, आर्यन, अभिषेक र प्रणव सेमिफाइनलमा

राइजिङ स्टार खुला टेनिसमा आरभसम्राट हाडाविरुद्ध प्रतिस्पर्धा गर्दै प्रदीप खड्का

काठमाडौं । प्रदीप खड्का, आर्यन गिरी, अभिषेक बाँस्तोला र प्रणव खनाल प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

प्रदीपले आरभसम्राट हाडालाई ७-६,१-६ र ६-३, आर्यनले आयुशमान हजुर घलेलाई ६-१, ६-७ र ६-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

यसैगरी अभिषेक निशान श्रेष्ठलाई ६-१ र ६-० तथा प्रणव अकी जुवेन रावतलाई ७-६, ६-७ र ६-४ को सेटमा हराउँदै सेमिफाइनल प्रवेश गरे ।

प्रदीप र अभिषेक चीनको होङझावमा हुने एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्धारा आयोजित प्रतियोगिताको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा कमल थापा पहिलो भए । उनले फाइनलमा मनोज राणालाई ७-६ (७-४) र ६-३ ले हराए ।

यू-१० गर्ल्स सिंगल्स फाइनलमा अनुश्री धोजुले जेनिशा ज्ञवालीलाई ६-२, ४-६ र १०-६ ले हराइन् ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा अनिल साइ/ गोपी भट्टराई तथा जितेन्द्र परियार/ महेश श्रेष्ठको जोडी फाइनलमा भिड्ने भएका छन् । ४५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही/ डेगेन्द्र श्रेष्ठ तथा मोहम्मद युनुस/ अन्वर अलीको जोडीले स्वर्ण भिडन्त पक्का गरे ।

५५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा तथा जीवन घिमिरे र सुदर्शन विष्टको जोडीले फाइनल यात्रा तय गरे ।

यू-९ ब्वाइज सिंगल्समा  अर्याशराज पौडेल र र निश्चल ज्ञवाली तथा गर्ल्समा सरा पन्त र थैय श्रेष्ठले फाइनलमा स्थान पक्का गरे । यू-१२ ब्वाइज सिंगलमा असभसम्राट हाडा र हभिस वंशल तथा गर्ल्सान साल्भी शेरचन र आयुश जिसीले फाइनलमा स्थान  बनाए ।

यू-१४ ब्वाइज सिंगल्समा बोरिस अधिकारी, श्रृजन भट्टराई, दर्शिल श्रेष्ठ र वृजेश अर्याल सेमिफाइनलमा प्रवेश गरे  । सो स्पर्धाको गर्ल्समा शिभाली गुरुङ, प्राज्ना मानन्धर, समृद्धि महर्जन र स्वस्तिका विष्ट सेमिफाइनलमा पुगे ।

यू–१६ ब्वाइज सिंगल्समा वृजेश अर्याल, राजवीर प्रधान, आयुशमान हजुर घले र शंकर हैसनान्ले सेमिफाइनलमा स्थान पक्का गरे । उक्त स्पर्धाको गर्ल्समा प्राज्ना मानन्धर, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले सेमिफाइनलमा स्थान बनाए ।