फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिप

बास्केटबल टोली माल्दिभ्स प्रस्थान

कामाडौं । नेपाली बास्केटबल टोली फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपमा सहभागी हुन माल्दिभ्स प्रस्थान गरेको छ ।

१२ खेलाडीसहित १६ सदस्यीय टोली सोमबार माल्दिभ्स प्रस्थान गरेको हो ।

टोलीको प्रशिक्षकमा विपिन कपाली र नृपेश श्रेष्ठ तथा व्यवस्थापकमा सुशील गुरुङ छन् । फिबा रेफ्री राजकुमार महर्जनले प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्नेछन् ।

जुन १४ देखि जुन २२ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानले एक अर्कासँग एक/ एक खेल खेल्ने छन् ।

लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको खेल तालिका भने सार्वजनिक भएको छैन ।

नेपालको पुरुष बास्केटबल टोलीले सन् २०१९मा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग०)पछि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।

नेपाली टोली
सदिश प्रधान (कप्तान) , विनोद महर्जन (उप कप्तान), विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनिष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन् ।