दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनसिप

दक्षिण एसियली योग स्पोर्टसमा भारत प्रथम

काठमाडौं । भारत तेस्रो दक्षिण एसियाली योग स्पोर्टस च्याम्पियनसिपमा प्रथम भएको छ ।

भारतले ६ स्वर्ण,आठ रजत र चार कांस्य पदक जित्यो । ६ स्वर्ण, तीन रजत र चार कांस्य जित्दै आयोजक नेपालले दोस्रो स्थान हासिल गर्दा एक स्वर्ण र तीन रजत हात पार्दै बंगलादेशले तेस्रो स्थानमा रह्यो ।

यसैगरी दोस्रो माउन्ट एभरेस्ट योग महोत्सव प्रतियोगितामा पनि भारतले ११ स्वर्ण, पाँच रजत र पाँच कांस्य जित्दै पहिलो स्थान हासिल गरेको छ ।

एक स्वर्ण, दुई रजत र दुई कांस्य जित्दै साउदी अरव दोस्रो तथा पाँच रजत र चार कांस्य हात पारेको नेपाल तेस्रो स्थानमा रहे ।

नेपालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा थुप्रै खेल संस्थाहरु आवद्ध भए पनि योग नेपालको मौलिक खेल हो ।

तेस्रो साउथ एसियन योग स्पोर्टस च्याम्पियनशिम तथा दोस्रो एभरेस्ट योग महोत्सवमा नेपाल, भारत, बंगलादेश, साउदी अरब लगायतका देश सहभागी थिए ।  

जेठ २७ (शनिबार) बाट सुरु भएको प्रतियोगिता जेठ २९ गते (सोमबार) सकिएको हो ।

प्रतियोगितामा नेपालबाट ७२खेलाडी, २२ अफिसियल, भारतबाट ७९ खेलाडी, १२ अफिसियल, साउदी अरबबाट नौ खेलाडी, ११ अफिसियल तथा बंगलादेशबाट पाँच खेलाडी र चार अफिययिलको सहभागिता थियो ।

यसैगरी प्रतियोगितामा इरान योग फेडरेसनका प्रतिनिधिको पनि उपस्थिति थियो ।