अन्य

सार्वजनिक संस्थान खेलकुद फागुनको अन्तिम साता

काठमाडौं ।  सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान) को आयोजनामा १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिता फागुन अन्तिम साता हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत पुरुष फुटसल र ब्याडमिन्टनको प्रतिस्पर्धा हुने पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यले जनाएका छन् ।
 

फुटसल फागुन २४ र २५ गते भृकुटिमण्डपमा हुनेछ । ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा फागुन २६ देखि २९ गतेसम्म हुनेछ ।

ब्याडमिन्टनमा पुरुष तथा महिला सिंगल्स र डबल्स, ४५ वर्षमाथि भेट्रान तथा पेस्डान एक्सिक्युटिभ डबल्स गरी ६ स्पर्धामा खेल हुने ब्याडमिन्टन खेलका संयोजक समेत रहेका पेस्डानका महासचिव रामविनय श्रेष्ठले जानकारी गराए ।

दुवै खेलको नगद पुरस्कार राशी  दुई लाख २५ हजार रुपैयाँ रहेको छ । विभिन्न संस्थानका प्रतिस्पर्धीको सहभागिता रहने प्रतियोगिता सञ्चालन गर्न करिब  आठ लाख ७८ हजार रुपैयाँ खर्च हुने आयोजकले  जनाएको छ ।