वैशाख २९, २०८२ सोमबार | ०१:०९:१५
एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा एम्बाप्पेको ह्याट्रिक बावजुद एलक्लासिकोमा मड्रिडको हार, बार्सिलोना उपाधि नजिक नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा

रोशनले जिते स्वर्ण

काठमाडौं । आयोजक जैशीदेवल युथ क्लब ‘बी’ का रोशन तामाङले तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्  (राखेप) को कभर्डहलमा भएको पुरुष १५-२८ केजी फाइनलमा रोशनले शुक्रबार भक्तपुर नगरपालिकाका कपिल थामीलाई पराजित गरे । भक्तपुरका सोबराज तामाङ र नागर्जुन नगरपालिकाका युवराज फुयाँल तेश्रो भए ।

महिला २३-२६ केजीमा भक्तपुरकी जेनी जोशीले स्वर्ण जितिन् । जेनीले फाइनलमा बाह्रविसे नगरपालिकाकी इभाना श्रेष्ठलाई हराएकी हुन् । गोदावरी नगरपालिकाकी सन्दना घिमिरे र आयोजक ‘ए’ की सुप्रिया जोशीले कास्य हात पारे  ।

पुरुष ३१-३४ केजीमा काठमाडौं महानगरपालिकाका रोहन भुजेलले फाइनलमा तार्केश्वर नगरपालिकाका रोजन घलेलाई पाखा लगाउदै स्वर्ण जिते । मध्यपुर नगरपालिकाका सुमन मोक्तान र बाह्रविसेका मनीष थापाले कास्य जिते  ।

पुरुष एकल पुम्सेमा गोदावरीका निरब महर्जन पहिलो, महालक्ष्मी नगरपालिकाका आयुश मोटे दोश्रो तथा निलकण्ठ नगरपालिकाका समिर तामाङ र ललितपुर महानगरपालिकाका विलबराज क्षेत्री तेश्रो भए ।

उक्त स्पर्धाको महिलामा बूढानीलकण्ठ नगरपालिकाकी युनिका खतिवडा पहिलो, गोदावरीकी सरगम थापा दोश्रो तथा तार्केश्वरकी कुन्जिता गुरुङ र निलकण्ठकी सुवानी तामाङ तेश्रो भए ।

प्रतियोगितामा विभिन्न २० स्पर्धामा तीन सय खेलाडीको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP