टेनिस

सोमबारदेखि अन्तर्राष्ट्रिय टेनिस

सांकेतिक तस्बिर

काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा जे ६० काठमाडौं आइटिएफ जुनियर टेनिस च्याम्पियनसिअन्तर्गत सर्किट-१ सोमबारदेखि हुने भएको छ ।

यु-१८ उमेरसमूहको प्रतियोगितामा ब्वाइजतर्फ आठ तथा गर्ल्सतर्फ सात राष्ट्रको सहभागिता रहने आयोजक संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

ब्वाइज तथा गर्ल्स दुवैमा समान ६४ खेलाडी रहेकाले दुवै समूहमा समान ३२ खेलाडीको ‘मेन ड्र’ का लागि शनिबार र आइतबार छनोट खेल खेलाइने छ ।

छनोटको ब्वाइजमा नेपालबाट नौ , भियतनाम, चाइनिज ताइपेइ, चीन र दक्षिण कोरियाबाट समान तीन , अमेरिका र हङकङबाट समानदुई तथा भारतबाट ३९ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

गर्ल्समा नेपालबाट नौ , हङकङ, बेल्जियम, रुस र थाइल्यान्डबाट समान एक मंगोलियाबाट दुई र भारतबाट ४९ खेलाडी सहभागी हुने छन् ।

प्रतियोगिता अन्तर्गत सर्किट-२ फेब्रुअरी ६ देखि ११ सम्म हुनेछ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने प्रतियोगिता सञ्चालन गर्न करिब १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।