नेपाल रग्बी संघ

खेल पत्रकार मल्ल सम्मानित

काठमाडौं । नेपाल रग्बी संघले रग्बी खेलको विकाश तथा प्रचार प्रसारमा पु¥याएको योगदानको कदर गर्दै खेल पत्रकार अनिल मल्ल ठकुरीलाई सम्मान गरेको छ ।

संघले आफ्नो १० औं  चुनावी साधारण सभाको अवसरमा मल्ललाई सम्मान गरेको हो ।

यसैगरी प्रेम कोइराला उत्कृष्ट रेफ्री, निरज कार्की उत्कृष्ट पुरुष खेलाडी, विशाखा राई उत्कृष्ट महिला खेलाडी, कृष्ण थापा उत्कृष्ट प्रशिक्षक,गणेश बानियाँ उदीयमान खेलाडी तथा गोपाल  श्रेत्रीलाई लाइफ टाइम एचिभमेन्ट अवार्डद्धारा सम्मातिन भएका छन् ।

सम्मानित  हुनेलाई नेपाल रग्बी  संघका कार्यबाहक अध्यक्ष दीपक देवकोटा, राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव टंकललाल घिसिङ,नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ लगायतले खादासहित  सम्मान पत्र प्रदान गरेका थिए ।

साधारण सभाले आजै नयाँ कार्यसमिति पनि चयन गर्नेछ ।