विराजभक्त श्रेष्ठ

ऐन पालना नगर्ने खेल संघलाई कारबाही गर्न पछि हुट्नु हुँदैनः मन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अनुशासन बनाइ राख्न दशकौंसम्म निर्वाचन नगर्ने र ऐन पालना नगर्ने खेल संंघलाई कारबाही गर्न पछि  हट्न नहुने बताएका दिएका छन् ।

राखेपले बोर्डका अध्यक्षसमेत रहेका खेलकुद मन्त्री श्रेष्ठको स्वागत र बधाइ कार्यक्रममा बिहीबार उनले यस्तो प्रतिक्रिया दिएका हुन्  ।

यसैगरी मन्त्री श्रेष्ठले सम्भावना, इतिहास, सफलता र उपलब्धिका आधारमा मात्र खेलमा लगानी लगानी गरिने बताए ।

मन्त्री श्रेष्ठले सबैले एकभएर प्रयास गर्नु पर्नेमा जोड दिदै नतिजा आए मात्र राज्यले गरेको खर्चको प्रमाणिकरण हुने बताए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष शिव कोइरालाले सबैले देखेका सपना पूरा गर्न मन्त्रालयसँगको सहकार्यमा सफल हुने धारणा राखे ।

राखेप सदस्यसचिव टंकलाल घिसिङले परिषद्को विविध पक्ष बारे जानकारी गराउदै सामूहिक प्रयासबाट कर्तब्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।