युराेपा लिग

सानदार जितसँगै लिभरपुल क्वार्टरफाइनलमा

काठमाडौं । स्पार्ट प्रागुविरुद्ध समग्रमा ११–२ को जित निकाल्दै इङ्लिस क्लब लिभरपुल युईएफए युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको दोस्रो लेगमा लिभरपुल ६–१ ले विजयी भयो ।

पहिलो लेगमा पनि लिभरपुल हाबी भयो । उसले खेल ५–१ ले जितेको हो । चेक क्लब दुबै लेगमा कमजोर देखियो ।

लिभरपुलको जितमा कोडी गाक्पोले दुई गोलगरे । डार्बिन नुनेज, मोहम्मद सलाह, बोबी क्लार्क र डोमिनिकले समान एक गोल गरेका हुन् ।

राति नै भएको खेलमा ब्राइटनसँग १–० ले पराजित भएपछि इटालिन क्लब रोमा अन्तिम आठमा प्रवेश गरेको छ । पहिलो लेगमा रोमा ४–० ले विजयी भएको थियो । त्यस्तै, निकै रोमाञ्चक खेलमा जित निकाल्दै बायर लेभरकुसन पनि अन्तिम आठमा स्थान बनाउन सफल भयो ।