युराेपा लिग

रोमाञ्चक जित निकाल्दै बायर लेभरकुसन क्वार्टरफाइनलमा

काठमाडौं । जर्मन बुन्डेसलिगा क्लब बायर लेभरकुसन युईएफए युरोपा लिगअन्तर्गत कराबाग एफकेविरुद्ध ३–२ को रोमाञ्जक जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको छ । बिहीबार राति ९० मिनेटसम्म २–१ ले पछि परेको लेभरकुसनले इन्जुरी समयमा दुई गोल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो ।

लेभरकुसनको जितमा प्याट्रिक सेकले इन्जुरी समयमा दुबै गोल गरेका हुन् । चेक खेलाडीले इन्जुरी समयको तेस्रो मिनेटमा एलेक्स ग्रिमाल्डोको पासमा गोल गर्दा खेल २–२ को बराबरीमा पुर्याए । इन्जुरी समयको आठौं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका हुन् ।

समग्रमा टोली ५–४ ले विजयी भयो । यसअघि पहिलो लेग २–२ को बराबरीमा समाप्त भएको थियो । बिहीबार राति घरेलु मैदानमा लेभरकुसन गोलबिहिन भएको थियो । ५९औं मिनेटमा भ्रमणकारी टोलीका अब्देल्लाह जोविरले गोल गरेपछि टोली दबाबमा आएको थियो । जुनिन्होले ६७औं मिनेटमा २–० को अग्रता बनाए ।

७२औं मिनेटमा जेरेमी फ्रिम्पोङले गोल गर्दै खेल २–१ मा झारेका थिए । यसपछि प्याट्रिकले दुई गोल गर्दै सानदार कमब्याक गराएका हुन् ।