एनएनआइपिए स्पोर्टस अवार्ड

एनएनआइपिए स्पोर्टस अवार्डलाई केडिया ग्रुपको साथ

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुने एनएनआइपिए स्पोर्टस अवार्डको १८औं संस्करणलाई केडिया ग्रुपले प्रयोजकको रूपमा साथ दिने भएको छ ।

यो सम्झौता तीन वर्षका लागि भएको आयोजकले जनाएको छ । सम्झौताअनु्सार केडिया ग्रुपले एक पुरुष महिला सर्वोकृष्ट खेलाडीका लागि जनही १ लाख तथा अवार्ड व्यवस्थापनका लागि ५० हजार गरी वर्षीक रूपमा २ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा केडिया ग्रुपका प्रवन्ध निर्देशक विमल केडिया र आयोजक एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले हस्ताक्षर गरे ।

अवार्ड कार्यक्रम चौत १२ गते हुनेछ । अवार्डमा कार्यक्रममा गत वर्ष आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश भएका ३६ खेललाई आधार मानी सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरिनेछ ।

विगतका केही वर्षदेखि काठमान्डौं, ललितपुर तथा भक्तपुरका विभिन्न ऐतिहासिक, सांस्कृितिक सहरहरुमा हुँदै आएको यो कार्यक्रम यसपटक ललितपुरमा हुने आयोजकले बताएको छ ।

अवार्ड कार्यक्रममा ३६ खेलका उत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडीहरु मध्येबाट एक पुरुष महिला सर्वोकृष्ट खेलाडी, एक पुरुष महिला प्रतिभाशाली खेलाडी सम्मान, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारीता पुरस्कार, एकजना पाका खेल ब्यक्तिलाई गजराज आर्दश खेल व्यक्तित्व सम्मान, एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडीले जनही १० हजार, सर्वोकृष्ट खेलाडीले १ लाख, प्रतिभाशाली खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी खेल पत्रकार र खेल ब्यक्तित्व सम्मान पाउनेलाई समान ३५ हजार र पारा खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

फुटबल, साइक्लिङ, भलिबल, एथलेटिक्स, फेन्सिङ, तेक्वान्डो, ह्यान्डबल, जिम्नाष्टिक, लन टेनिस, गल्फ, हक्की, सफ्ट टेनिस, पौडी, स्क्वास, उसु
भारोत्तोलन, ट्राथोलन र क्रिकेटबाट समान एक खेलाडी सम्मानित हुनेछन् ।

यसैगरी स्टिङ, आइटिएफ तेक्वान्डो,फूल कन्ट्याक्ट कराते, जुडो, कुस्ती, रग्बी, ब्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, आर्चरी, कबड्डी, खो(खो, टेबल टेनिस, कराते, प्याराग्लाइडिङ, बक्सिङ, बुद्धिचाल र सेपाकताक्रका समान एक खेलाडीलाई पनि सम्मान गरिनेछ ।