चैत्र ८, २०८२ आइतबार | १०:३२:३०
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

सेन्ट जर्ज र यती च्याम्पियन

सेन्ट जर्ज नेप्लिज क्लब

मेलबर्न।अस्ट्रेलियाको मेलबर्नस्थित यती फुटबल क्लबले वार्षिक रुपमा आयोजना गर्दै आएको कँडेल कन्सल्टेन्सी कपको १३औं संस्करणमा सेन्ट जर्ज नेप्लिज क्लब र  यती एफसी च्यामिपयन बनेका छन् ।

सेन्ट जर्ज खुल्ला तथा यती ३५ वर्षमाथिको स्पर्धामा च्याम्पियन बने ।

मेलबर्नको डेराबिन अन्तर्राष्ट्रिय स्पोर्टस सेन्टर सम्पन्न प्रतियोगिताको खुल्लातर्फ सेन्ट जर्जले युनाइटेड एफसीलाई सडनडेथमा ७-६ ले हरायो ।

विजेता सेन्ट जर्जले १२ हजार र उपविजेता युनाइटेडले ४५०० अस्ट्रेलियन डलर प्राप्त गरे ।

यो स्पर्धामा आशिष चौधरी उत्कृष्ट खेलाडी, आशिष लामा सर्वाधिक गोलकर्ता र मिलन गुरुङ उत्कृष्ट गोलकिपर घोषित हुँदा गोल्ड कोस्ट नेप्लिज फुटबल क्लबले फेयर प्ले अवार्ड प्राप्त गर्यो । उनीहरुले २०० अस्ट्रेलियन डलर पाए ।

३५ वर्षमाथिको उपाधि भिडन्तमा आयोजक यती एफसीले युनाइटेड क्रेगबन ब्रिगेड स्पोर्टस क्लबलाई सडनडेथमा ३-२ ले पराजित गर्यो ।

यती एफसी

विजेता यतीलाई २५०० र उपविजेता युनाइटेड क्रेगबनलाई १०० अस्ट्रेलियन डलर प्रदान गरियो।

यो स्पर्धामा निराजन गुरुङ उत्कृष्ट खेलाडी, राजेश श्रेष्ठ उत्कृष्ट गोलकर्ता र भिषण गुरुङ उत्कृष्ट गोलकिपर घोषित हुँदा गोल्ड कोस्ट नेप्लिज फुटबल क्लबले फेयर प्ले अवार्ड प्राप्त गर्यो । उनीहरुले २०० अस्ट्रेलियन डलर पाए ।

अस्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेल, अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, कँडेल कन्सल्टेन्सीका प्रमुख राज कँडेल, डेराबिनका मेयर सुजान न्युटनलगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा खुल्लामा २४ र ३५ वर्षमाथिमा १५ टोलीले सहभागिता जनाएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो