विश्व मुवाँथाई च्याम्पियनसिप

विश्व मुवाँथाईमा नेपालका पाँच खेलाडी

सांकेतिक तस्विर

काठमाडौं । थाइल्यान्डको बैंककमा हुने १९औं विश्व मुवाँथाई च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

मार्च १२ देखि २० सम्म हुने प्रतियोगिताको पुरुष ५४ केजीमा गुणराज रुचाल, ५१ केजीमा सुशिल शाह ठकुरी र सञ्जय राई (प्रो)तथा ५७ केजीमा गुमान घर्ती मगरले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी महिला ५१ केजीमा पारिका बतासले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् ।

टोलीको प्रशिक्षकमा राहुल मोक्तान छन् । टोली सोमबारै थाइल्यान्ड प्रस्थान गरिसकेको छ भने गुणराज र सुशिल यसअघि नै थाइल्यान्ड पुगिसकेका छन् ।

टोलीलाई नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपति, सचिव उत्तम गुरुङ र सुदूरपश्चिम मुवाँथाई संघका उपाध्यक्ष किशोर जोशीले एबिदाइ गरे ।