नेपाली फुटबल

नेपाल र इङ्ल्यान्डकाे टाेलीबीच मैत्रीपूर्ण खेल बैशाख २४ मा हुने

तस्विर सौजन्यः मिलन तमु, बेलायत

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली र इङ्ल्यान्डको टोलीबीच मैत्रीपूर्ण फुटबल आगामी बैशाख २४ ( मे ६) मा हुने भएको छ ।

आयोजक एल्डरशट टाउन फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन गर्दै खेलका बारेमा जानकारी गराएको हो । खेल क्लबको घरेलु मैदान इबिबी रंगशालामा हुने बताइएको छ । एल्डरशट इङ्ल्यान्डको छैटौं डिभिजनको टोली हो । 

खेल हेर्नका लागि वयश्कले १० पाउन्ड तथा १६ वर्षभन्दा मुनिकाले ५ पाउन्ड तिरेर टिकक खरिद गर्न सकिनेछ ।

तस्विर सौजन्यः मिलन तमु, बेलायत

 मैत्रीपूर्ण खेलका लागि एल्डरशट टाउन फुटबल क्लबले अखिल नेपाल फुटबल संघ (एन्फ) र द फुटबल एसोसिएसन ( एफए) सँग समन्वय गरिरहेकाे छ ।