इङ्लिस प्रिमियर लिग

एडर्सन एक महिना मैदान बाहिर रहने

काठमाडौं । इङ्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिलियन गोलकिपर एडर्सन  मांसपेशीको चोटका कारण एक महिना मैदान बाहिर रहने भएका छन् ।

आइतबार प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेलका करण एडर्सन घाइते भएका थिए ।

लिभरपुलका फरवार्ड डार्विन नुनेजलाई एडर्सनले फाउल गरेपछि एनफिल्ड क्लबले पेनाल्टी पाएको थियो । सोही पेनाल्टीमार्फत लिभरपुलले खेल बराबरी गरेको थियो ।

लगत्तै उनको उपचार गरिएको थियो । केही समय पश्चात उनलाई स्टिफन ओर्टेगाले स्थानान्तरण गरेका थिए ।

 एडर्सनलले प्रिमियर लिगमा आर्सनल तथा एफए कपको क्वार्टरफाइनलमा न्युक्यासलविरुद्धको खेल गुमाउनेछन् ।