चैत्र ७, २०८२ शनिबार | ०१:५८:०५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

नेपाल एमेच्योर ओपनः भारतका शात च्याम्पियन

काठमाडौं । भारतका शात मिश्रा नेपालका सद्भाव आचार्यलाई चार स्ट्रोकले हराउँदै १०औं नेपाल एमेच्योर ओपनको 
च्याम्पियन बनेका छन् ।

गोकर्ण गल्फ क्लबमा शुक्रबार सम्पन्न प्रतियोगिताको तेश्रो तथा अन्तिम दिन शातले ३-ओभर ७५ खेल्दै समग्रमा ८-अन्डर २०८ को स्कोर खडा गरे।

सद्भावले शुक्रबार ३-अन्डर ६९ खेले र समग्रमा ४-अन्डर २१२ को स्कोरमा दोस्रो स्थान हासिल गरे।

साविक विजेता भारतका सुमित कोटवाल ५-अन्डर ६७ सहित समग्रमा ३-अन्डर २१३ सहित तेस्रो स्थानमा रहे ।

अन्तिम १८ होलको सुरुवात गर्दा शात नेपालका राहुल विश्वकर्मा भन्दा ६ स्ट्रोकले अगाडि थिए। राहुलले चार होलको समाप्तीमा अग्रता तीन स्ट्रोकमा झारिसकेका थिए। तर यसपछि राहुलले सातौं र नवौं होलमा डबल बोगीको सामना गर्दा आठौं होलमा पनि एक सट खेर फालेपछि उपाधि जित्ने सम्भावना समाप्त भएको थियो।

शातले भने फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। तेस्रो र सातौं होलमा एक/एक सट बचाउँदा दोस्रो, चौथो र आठौं होलमा बोगी प्रहार गरे। ब्याक नाइन २-ओभर ३८ मा सकाए। १२औं होलको बर्डी विरुद्ध १३औं, १४औं र १७औं होलमा बोगी खेपे।

सद्भावले आज फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे भने सातौं होलमा इगलको सफलता प्राप्त गरे। आठौं होलमा डबल बोगीको सामना गरे। यसपछि ब्याक नाइनमा चार वटा बर्डी प्रहार गरे।

११औं, १३औं, १४औं र १८औं होलमा एक/एक सट बचाए। तर १२औं, १६औं र १७औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन १–अन्डर ३५ मा सकाए।

सुमितले तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै २-अन्डर ३४ मा फ्रन्ट नाइनको खेल सकाए। बोगी फ्री स्कोर निकालेका उनले ११औं, १४औं र १६औं होलमा एक/एक सट बचाउँदै ब्याक नाइन ३-अन्डर ३९ मा पुरा गरे।

यसैगरी महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले आज ४-अन्डर ६८ सहित समग्रमा ६-अन्डर २१० को शानदार स्कोरमा भारतकी दिया क्रिस कुमारलाई ११ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधि जितिन्।

१-ओभर ७३ मा अन्तिम दिनको खेल पुरा गर्दै समग्रमा ५-ओभर २२१ सहित दिया दोस्रो भइन्। ५-ओभर ७७ को स्कोर बनाएकी अनाथी विवेक समग्रमा १२-ओभर २२८ सहित तेस्रो भइन्।

कायाले पहिलो, तेस्रो र छेटौं होलमा बर्डी र चौथो होलको डबल बोगीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाइन। १०औं र १४औं होलमा बर्डी र ११औं होलको इगलको सफलता प्राप्त गरिन। १२औ होलको बोगीले ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरिन। अनाथीले दोस्रो होलको बर्डी र छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३६ मा पुरा गरिन्।

यसपछि १३औं होलमा बोगी तथा १६औं र १८औं होलको डबल बोगीले ब्याक नाइन ५-ओभर ४१ मा पुरा गरिन्।

५४ होलको तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच राष्ट्रका पुरुषतर्फ ५२ र महिलातर्फ १३ गरी कूल ६५ खेलाडीले सहभागिता थियो।

नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्(राखेप), नेपाल पर्यटन बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंङ्गीको सहयोग  थियो।

विजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ तथा संघीय सांसद निशा डांगीले पुरस्कार वितरणगरे। 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो