माघ १६, २०८२ शुक्रबार | ०३:२९:५६
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

नेपाल एमेच्योर ओपनः भारतका शात च्याम्पियन

काठमाडौं । भारतका शात मिश्रा नेपालका सद्भाव आचार्यलाई चार स्ट्रोकले हराउँदै १०औं नेपाल एमेच्योर ओपनको 
च्याम्पियन बनेका छन् ।

गोकर्ण गल्फ क्लबमा शुक्रबार सम्पन्न प्रतियोगिताको तेश्रो तथा अन्तिम दिन शातले ३-ओभर ७५ खेल्दै समग्रमा ८-अन्डर २०८ को स्कोर खडा गरे।

सद्भावले शुक्रबार ३-अन्डर ६९ खेले र समग्रमा ४-अन्डर २१२ को स्कोरमा दोस्रो स्थान हासिल गरे।

साविक विजेता भारतका सुमित कोटवाल ५-अन्डर ६७ सहित समग्रमा ३-अन्डर २१३ सहित तेस्रो स्थानमा रहे ।

अन्तिम १८ होलको सुरुवात गर्दा शात नेपालका राहुल विश्वकर्मा भन्दा ६ स्ट्रोकले अगाडि थिए। राहुलले चार होलको समाप्तीमा अग्रता तीन स्ट्रोकमा झारिसकेका थिए। तर यसपछि राहुलले सातौं र नवौं होलमा डबल बोगीको सामना गर्दा आठौं होलमा पनि एक सट खेर फालेपछि उपाधि जित्ने सम्भावना समाप्त भएको थियो।

शातले भने फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। तेस्रो र सातौं होलमा एक/एक सट बचाउँदा दोस्रो, चौथो र आठौं होलमा बोगी प्रहार गरे। ब्याक नाइन २-ओभर ३८ मा सकाए। १२औं होलको बर्डी विरुद्ध १३औं, १४औं र १७औं होलमा बोगी खेपे।

सद्भावले आज फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र पाँचौ होलमा बर्डी प्रहार गरे भने सातौं होलमा इगलको सफलता प्राप्त गरे। आठौं होलमा डबल बोगीको सामना गरे। यसपछि ब्याक नाइनमा चार वटा बर्डी प्रहार गरे।

११औं, १३औं, १४औं र १८औं होलमा एक/एक सट बचाए। तर १२औं, १६औं र १७औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन १–अन्डर ३५ मा सकाए।

सुमितले तेस्रो र पाँचौं होलमा बर्डी प्रहार गर्दै २-अन्डर ३४ मा फ्रन्ट नाइनको खेल सकाए। बोगी फ्री स्कोर निकालेका उनले ११औं, १४औं र १६औं होलमा एक/एक सट बचाउँदै ब्याक नाइन ३-अन्डर ३९ मा पुरा गरे।

यसैगरी महिलातर्फ श्रीलंकाकी काया दलुवाटेले आज ४-अन्डर ६८ सहित समग्रमा ६-अन्डर २१० को शानदार स्कोरमा भारतकी दिया क्रिस कुमारलाई ११ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधि जितिन्।

१-ओभर ७३ मा अन्तिम दिनको खेल पुरा गर्दै समग्रमा ५-ओभर २२१ सहित दिया दोस्रो भइन्। ५-ओभर ७७ को स्कोर बनाएकी अनाथी विवेक समग्रमा १२-ओभर २२८ सहित तेस्रो भइन्।

कायाले पहिलो, तेस्रो र छेटौं होलमा बर्डी र चौथो होलको डबल बोगीले फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाइन। १०औं र १४औं होलमा बर्डी र ११औं होलको इगलको सफलता प्राप्त गरिन। १२औ होलको बोगीले ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरिन। अनाथीले दोस्रो होलको बर्डी र छैटौं होलको बोगीले फ्रन्ट नाइन इभन-पार ३६ मा पुरा गरिन्।

यसपछि १३औं होलमा बोगी तथा १६औं र १८औं होलको डबल बोगीले ब्याक नाइन ५-ओभर ४१ मा पुरा गरिन्।

५४ होलको तीन दिने प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, बंगलादेश र भुटान गरी पाँच राष्ट्रका पुरुषतर्फ ५२ र महिलातर्फ १३ गरी कूल ६५ खेलाडीले सहभागिता थियो।

नेपाल गल्फ संघको आयोजनामा भएको प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्(राखेप), नेपाल पर्यटन बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंङ्गीको सहयोग  थियो।

विजयी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ तथा संघीय सांसद निशा डांगीले पुरस्कार वितरणगरे। 
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।