चैत्र १०, २०८२ मंगलबार | २०:३४:५५
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र
शनिबारको दिन नेपाली क्रिकेट

आइसिसी ट्वान्टी-२० विश्वकपः प्रभाव पार्न सक्ने पाँच बलर

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप क्रिकेट जुन २ देखि सुरु हुँदै गर्दा यसको चर्चा पनि बढ्दो क्रममा छ । विश्वका उत्कृष्ट २० राष्ट्रबीचको प्रतिस्पर्धा अमेरिका र वेस्ट इन्डिजमा एक महिना चल्दै छ ।

नवौं संस्करणको यस विश्वकपमा विभिन्न देशबाट तयार पारिएको पिचमा खेल हुँदै छ । नयाँ पिच र फरक देशमा खेल हुँदा यसपालि पिच कस्तो छ ? कति रन बन्ला भन्ने धेरैको चासो र जिज्ञासा छ । बलर कत्तिको हाबी होला । बलर र ब्याटरलाई पिचले कत्तिको साथ देला ? आम क्रिकेटप्रेमीमा कौतूहल छ ।  

यसपटक विश्वकपको नयाँ पिचमा प्रभाव पार्न सक्ने पाँच खेलाडीको सूची खेलाडी डटकमले तयार पारेको छ ।

साहिन शाह अफ्रिदी (पाकिस्तान) २४ वर्षीय तीव्र गतिका बलर साहिन शाह अफ्रिदी विश्वकपमा छाउन सक्ने ठूलो नाम हो । पाकिस्तानका बायाँहाते बलरले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ६५ खेल खेलेका छन् । उनले तीनै फर्म्याटमा पाकिस्तानी टोलीमा स्थान बनाउँदै आएका छन् । त्यसमा विपक्षीका लागि उनी सधै घातक हुने गर्छन् । 

६ फिट ६ इन्चका खेलाडीले पाकिस्तानको उमेर समूह हुँदै सिनियर टोलीमा स्थान बनाएका हुन् । त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन ।

मिचेल स्टार्क (अस्ट्रेलिया)अस्ट्रेलियाका ३४ वर्षीय बलर मिचेल स्टार्क विश्वकप प्रभावशाली बलर हुन् । तीव्र गतिका बलरले पछिल्ला ट्वान्टी– २० क्रिकेटमा सानदार प्रदर्शन गरिरहेका छन् । इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा हैदराबादविरुद्ध उनी पूरा छाएका थिए ।

 उनले पछिल्लो २ खेलमा ५ विकेट लिएका छन् । अस्ट्रेलियाका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियका ६० खेलमा ७४ विकेट लिएका छन् । उनीसँगै अस्ट्रेलियाको टिममा एडम जाम्पा, जस हेजलउड, प्याट कमिन्सलगायतका खेलाडी छन् ।

रसिद खान (अफगानिस्तान)रसिद खान विश्वकपको दोस्रो कान्छा कप्तान हुन् । नेपालका रोहितकुमार पौडेलपछि रसिद कान्छा खेलाडी हुन् । विश्वकपमा सुपर १० बाट माथि बढ्न नसकेको अफगानिस्तानलाई अगाडि बढाउने जिम्मेवारी रसिदलाई छ । उनीसँग विश्वका ठुल्ठूला फ्रेन्चाइज लिग खेलेको अनुभव छ । 

२५ वर्षीय खेलाडीले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा अफगानिस्तानका लागि १०३ खेलमा १८३ विकेट लिएका छन् । ब्याटिङतर्फ ८५ खेलमा ४०३ रनको योगदान गरेका छन् ।

जसप्रित बुमराह (भारत)

रोहित शर्माको कप्तानीमा रहेको भारतको बलिङ जिम्मेवारी जसप्रित बुमराहलगायत खेलाडीसँग हुनेछ । ३० वर्षीय बुमराहसँगै युजभेन्द्र चाहल, अर्शदीप सिंह, कुलदीप यादव, मोहम्मद सिराज हुनेछन् । 

इन्डियन प्रिमियर लिगमा पनि बुमराहको प्रदर्शन औसत रह्यो । भारतबाट हालसम्म ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ६२ खेल खेल्दा ७४ विकेट लिएका छन् । उनको उत्कृष्ट बलिङ ३-११ हो ।

वानिन्दु हसरंगा (श्रीलंका)श्रीलंकाको पछिल्लो समय खस्केको प्रदर्शन फर्काउने जिम्मेवारी यसपालि वानिन्दु हसरंगाले पाएका छन् । २६ वर्षीय अलराउन्डरले पछिल्लो समय लयमा छन् । लेगब्रेक बलर  हसरंगाले ट्वान्टी-२० आइमा ६५ खेलमा १०४ विकेट लिएका छन् ।

 उत्कृष्ट बलिङ प्रदर्शन उनको ४ विकेट लिएर ९ रन मात्रै खर्चनु हो । ब्याटिङतर्फ ५५ इनिङ्समा ६५० रन बनाएका छन् । डेब्यु खेलमै जिम्बावेविरुद्ध ह्याट्रिक विकेट लिएपछि हसरंगा चर्चामा आएका थिए ।