चैत्र ७, २०८२ शनिबार | ०५:३६:४७
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

फ्रेन्चाइज लिग गर्न भलिबल संघ र केडिया ग्रुपबीच सम्झौता

काठमाडौं । नेपाल भलिबल संघ र केडिया ग्रुपबीच नेपाल भलिबल लिग आयोजनका लागि सम्झौता भएको छ । 

सम्झौता पत्रमा आइतबार नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र केडिया अर्गनाइजेसन प्रालिका प्रवन्धक विमलकुमार केडियाले हस्ताक्षर गरे ।

सम्झौता सात वर्षका लागि भएको हाे ।  नेपाल भलिबल संघ नेपालमा पहिलो पटक पुरुष फ्रेन्चाइज लिग गर्न प्रयासरत छ । 

संघका अध्यक्ष चन्दले प्रतियोगितको सम्पूर्ण ब्यवस्थापन केडिया ग्रुपले नै गर्ने बताए ।

‘सबै ब्यवस्थापन उहाँहरुले नै गर्नुहुन्छ । खेलाडी र टेक्निकल ब्यवस्थापन केडिया ग्रुपसँगै रहनेछ । महिलाको पनि कुरा भएको हो । तर बजेट नभएर पुरुष गर्ने  निर्णय भयो,’ अध्यक्ष चन्दले भने ,‘महिला पनि छिट्टै हुनेछ । यो सम्झौता शतप्रतिश लागू हुनेछ । यसमा शंका गर्नु पर्दैन । महिला फ्रेन्चाइज लिगका लागि नेपाल स्पोर्टस ग्रुपसँग सम्झौता भएको थियो। तर विषम परिस्थितीका कारण दुई वर्ष प्रतियोगिता नभएपछी सम्झौता रद्द गरेको हौं ।’

पहिलो संस्करणको नेपाल भलिबल लिग आगमी माघ फागनुमा गर्ने तयारी भइरहेको आयोजन नेपाल भबिल संघले जनाएको छ । सम्झौतासँगै केडिया ग्रुपले प्रतियोगिता सञ्चालका लागि लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने छ । यसैगरी ग्रुपले हरेक वर्ष संघलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

यसैगरी प्रवन्धक केडियाले भबिलको विकाशमा योजनाबद्ध ढंगले लाग्ने बताए ।

‘राजनीतिसँगै ब्यवसायलाई फरक ढंगले बढाएको छु । म ब्यक्तिगत रुपमा भलिबलसँगआवद्ध भएको हुँ । राष्ट्रिय खेलले फड्को मार्नुपर्छ भन्ने सोच छ,’केडियाले भने ,‘ राजनीतिक पहुचबाट भलिबललाई उचाइमा पुर्याउने प्रयास हुनेछ । भलिबलको लागि कभर्डहल बनाउन सबैसँग हातेमालो गर्न तयार छौं । हामी यो खेलको विकाशका लागि संघसँग सल्लाह गरेर योजनाबद्ध ढंगले अगाडि बढ्ने छौं ।  

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो