पुस १५, २०८२ बुधबार | ०५:४६:३२
एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई एनभिए च्याम्पियनसिपः ढोरपाटनलाई हराउँदै खिल्जी क्वार्टरफाइनलमा प्रशान्त फ्रेन्ड्सको जर्सीमा देखिने एनभिए च्याम्पियनसिपः मणिमुकुन्दलाई हराउँदै एपिएफ क्वार्टरफाइनलमा एनभिए च्याम्पियनसिपः सुदूरपश्चिमले मधेशलाई हरायो फ्रेन्ड्सको गोलपोस्ट मौसमले सम्हाल्ने
शनिबारको दिन नेपाली क्रिकेट

आइसिसी ट्वान्टी-२० विश्वकपः ब्याटिङमा नजर पर्ने खेलाडी

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकप जुन २ देखि वेस्ट इन्डिज र अमेरिकामा सुरु हुँदै छ । २० टोली सहभागी प्रतियोगितामा टेष्ट राष्ट्र र एसोसिएट राष्ट्रबीच आफ्नोहैसियत देखाउने अवसर छ ।

यसपालि विश्वकपमा फेरि पनि पाकिस्तानका बाबर आजम, भारतका विराट कोहली, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, इङ्ल्यान्डका जोस बटलर र दक्षिण अफ्रिकाका एडम मारक्रम सबैको नजरमा पर्नेछन् । 

पहिलो खेलमा सहआयोजक अमेरिकाले क्यानडाको सामना गरेसँगै विश्वकप सुरु हुनेछ । सदाझैं यसपटक पनि विश्वकपमा धेरैभन्दा धेरै रन बन्ने अनुमान गरिएको छ ।

विश्वकपमा सदाझै अनुभवी ब्याटर नै धेरैको नजरमा छन् । यसपालि विश्वकपमा फेरि पनि पाकिस्तानका बाबर आजम, भारतका विराट कोहली, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, इङ्ल्यान्डका जोस बटलर र दक्षिण अफ्रिकाका एडम मारक्रम सबैको नजरमा पर्नेछन् । यिनै खेलाडीबाट समर्थकले पनि धेरै आशा राखेका छन् ।

खेलाडी डटकमले तयार पारेका पाँच खेलाडी :विराट कोहली (भारत)विराट कोहली सबैको मुखमा झुन्डिने नाम हो । विश्व क्रिकेटको केही खेलाडीको नाम लिँदा विराट कोहलीको नाम धेरैबाट आउने गर्छ । विश्वकपमा यी खेलाडीबाट भारतले ठूलो आस गरेको छ । भर्खरै सम्पन्न इन्डियन प्रियिमर लिग (आइपिएल)मा उनी सर्वाधिक रन बनाउने खेलाडी भए । 

३५ वर्षीय शीर्षक्रमका ब्याटरले भारतबाट ट्वान्टी-२०अन्तर्राष्ट्रियमा ११७ खेल खेल्दा ४ हजार ३७ रन बनाएका छन् । १ शतक र ३७ अर्धशतक छ।

बाबर आजम (पाकिस्तान)विश्व क्रिकेटको कुरा गर्दा बाबर आजमको नाम छुटाउने कुरै हुन्न । २९ वर्षीय खेलाडी देशकै उत्कृष्टमध्ये एक ब्याटर हुन् । दायाँहाते ओपनर जस्तोसुकै कन्डिसनमा पनि ब्याटिङ गर्न सक्ने क्षमता राख्छन् । त्यसैले पनि उनी आइसिसी नम्बर एक ब्याटर हुन । 

एकदिवसीय विश्वकपमा टोलीको कमजोर प्रदर्शनपछि कप्तानबाट संन्यास लिएका बाबरलाई पुनः पाकिस्तानी क्रिकेट बोर्डले कप्तान जिम्मेवारी सुम्पिएको छ । 

बाबरले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ११८ खेल खेलेका छन् । ३ हजार ९८७ रन बनाएका छन् ।  ३ शतक र ३६ अर्धशतक छ ।

ग्लेन म्याक्सवेल (अस्ट्रेलिया) अस्ट्रेलियाको नाम लिनेबित्तिकै जोकोहीले सिधैं ग्लेन म्याक्सवेलको नाम अगाडि आउँछ । ३५ वर्षीय अलराउन्डर जस्तोसुकै अवस्थामा ब्याटिङ गर्न सक्ने क्षमता राख्छन् । दायाँहाते ब्याटरले एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध खेलेको इनिङ्स जोकोहीको मस्तिष्कमा छ । 

म्याक्सवेलले अस्ट्रेलियाबाट खेल्दा १०६ खेलमा २ हजार ४६८ रन बनाएका छन् । जसमा ५ शतक र १० अर्धशतक छ । अस्ट्रेलियामा म्याक्सवेलसँगै ट्राभिस हेड, डेविड वार्नर, मिचेल मार्स, प्याट कमिन्सलगायतका खेलाडीको साथ छ ।

जोस बटलर (इङ्ल्यान्ड)जोस बटलर ट्वान्टी-२० खेलका विश्लेषकको रूपमा रहन्छन् । उनी लामो शट खेल्न सक्ने क्षमता राख्छन् । इङ्ल्यान्ड टिमको नेतृत्व नै बटलरले पाएका छन् । उनले आफ्नो लय यथावत राख्दै अरू खेलाडीको मनोबल पनि उत्तिकै बढाउन भूमिका खेल्नुपर्नेछ ।

 ३३ वर्षीय खेलाडी विकेटकिपर पनि हुन् । इङ्ल्यान्डबाट बटलरले ११५ खेल खेल्दा ३ हजार ११ रन बनाएका छन् । जसमा १ शतकसहित २३ अर्धशतक  छन् ।

एडम मारक्रम (दक्षिण अफ्रिका) एडम मारक्रम दक्षिण अफ्रिकाका कप्तान हुन् । ओपनिङ ब्याटरबाट दक्षिण अफ्रिकाले ठूलो आस गरेको छ । विभिन्न सिरिजमा सानदार प्रदर्शन गर्दै आएको दक्षिण अफ्रिका तीनै फर्म्याटको विश्वकपको निर्णायक भिडन्तमा पराजित हुँदै आएको खराब इतिहास छन् । 

एक प्रहारले अभागी बनेको टोलीलाई यसपटक भाग्यमानी बनाउने जिम्मेवारी मारक्रमलाई छ । २९ वर्षीय खेलाडीले आफू सम्हालिएर अरूलाई आत्मविश्वास बढाउनुपर्ने हुन्छ । 

मारक्रमले दक्षिण अफ्रिकाबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ६८ खेलमात्रै खेलेका छन् । जसमा २ हजार १२१ रन बनाएका छन् । जसमा ३ शतक र १० अर्धशतक छ ।