आश्विन १, २०८१ मंगलबार | ०१:२८:१६
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन आइसिसी ट्वान्टी २० विश्वकप

विश्वकपका हेर्नलायक पाँच खेल

काठमाडौं । आइतबारबाट आइसिसी ट्वान्टी-२० विश्वकपको नवौं संस्करण सुरु हुँदैछ । अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगितामा आयोजकसँगै अन्य १८ राष्ट्रहरु उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । 

यसपाली पनि समूह चरणका केही खेलले नेपाली क्रिकेट समर्थकको ध्यान तान्नेछ ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । कोही पहिलो पटक विश्वकप खेल्दैछन् भने कोही इतिहास सुधार्ने दाउमा हुनेछन् । 

यसपाली पनि समूह चरणका केही खेलले नेपाली क्रिकेट समर्थकको ध्यान तान्नेछ । सहभागी राष्ट्र र समूह विभाजनका हिसाबमा हेर्ने हो भने यसपालीको विश्वकपमा यी खेलहरु हेर्नलायक रहनेछन् ।

१. अमेरिकाविरुद्ध क्यानडाआइतबारको उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडाको सामना गर्दैछ । यी दुई टोली यसरी विश्वकप खेलमामा पहिलो पटक एकअर्कासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । त्यसैले पनि यो खेललाई महत्वका साथ हेरिएको हो । त्यसमाथि दुवैका लागि यो पहिलो सहभागिता हो । 

अमेरिका र क्यानडाको खेललाई अन्तर्राष्ट्रिय क्रिकेटको पुरानो राइभलरीका रुपमा लिइन्छ । सन् १८४४ मा पहिलो पटक यी दुई टोलीबीच खेल भएको थियो । जसलाई अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो खेलका रुपमा पनि लिइन्छ ।

वर्तमान परिस्थितिलाई हेर्ने हो भने पनि क्यानडाको चिरप्रतिद्धन्द्धी अमेरिका नै हो । पाँच वर्षअघि मात्र विश्व क्रिकेट लिग २ अन्तर्गत अमेरिकाले क्यानडालाई एकदिवसीय मान्यता पाउनबाट बन्चित गरेको थियो । ट्वान्टी-२० क्रिकेटमा पनि यी दुईको खटपट उत्तिकै छ । त्यसैले पनि आइतबार हुने खेल विश्वकपको पहिलो हेर्नलायक खेल हुनेछ । जो जित्नेछ, उसले आगामी आइसिसी प्रतियोगितासम्म शीर उँचो राख्नेछ ।

२. भारतविरुद्ध पाकिस्तानभारत र पाकिस्तानबीचको खेललाई विश्व क्रिकेटकै ठूलो खेलका रुपमा लिइन्छ । विश्व खेलकुदमा सबैभन्दा धेरै हेरिने खेल पनि यही नै हो । ट्वान्टी-१० विश्वकपमा यी दुई टोली नवौं पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । भारतले पाकिस्तानविरुद्ध एकतर्फी राज नै गरेको छ । ६ खेल भारतले जित्दा जम्मा एक खेल पाकिस्तानको पक्षमा गएको छ ।

गत संस्करण, अस्ट्रेलियाको एमसिजी रंगशाला बाक्लो समर्थक बीच भारतले अन्तिम बलमा पाकिस्तानविरुद्ध जित हासिल गरेको थियो । दुई संस्करणअघि भने भारतले लज्जास्पद हार ब्यहोरेको थियो । युएईमा भएको विश्वकपमा पाकिस्तान १० विकेटले विजयी भएको थियो । पछिल्ला नतिजाहरुले पनि न्यु योर्कको नाशाउ कन्ट्री अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जुन ९ मा हुने खेलमा आर्कषण बढाउँछ ।

३. इङ्ल्यान्डविरुद्ध अस्ट्रेलियाजुनसुकै फर्म्याट होस्, इङ्ल्यान्ड र अस्ट्रेलियाबीचको खेलले सबैको ध्यान तानिरहेको हुन्छ । जुन ८ मा यी दुई टोलीबीचको खेल वेस्ट इन्डिजको बार्बाडोसस्थित केन्सिङ्टन ओभलमा हुनेछ । यो त्यही मैदान हो जहाँ इङ्ल्यान्डले २०१० संस्करणमा अस्ट्रेलियालाई नै हराएर पहिलो पटक ट्वान्टी-२० विश्वकपको उपाधि जितेको थियो ।

 यो खेल किन पनि खास छ भने यी दुई टोली पछिल्ला दुई संस्करणका च्याम्पियन हुन् । र दुवै टोली स्टारहरुले भरिएका छन् । अस्ट्रेलियाले त भर्खर एकदिवसीय विश्वकप पनि जितेको छ ।

जस बटलरको कप्तानीमा रहेको इङ्ल्यान्ड २०२३ एकदिवसीय विश्वकपमा गरेको खराब प्रदर्शनलाई बिर्सँदै एउटा नयाँ सुरुआत गर्ने लक्ष्यमा छ । विश्वकपकै तयारीस्वरुप इङ्ल्यान्डले डिसेम्बरमा वेस्ट इन्डिजको भ्रमण गरेको थियो । ५ खेलको  ट्वान्टी-२० श्रृंखला वेस्ट इन्डिजले ३-२ ले आफ्नो पक्षमा पारेको थियो । तर, इङ्ल्यान्डका लागि सकारात्मक पक्ष के रह्यो भने उसले तेस्रो र चौंथो खेलमा २६७ र २२६ रन जोडेको थियो । यसले पनि इङ्ल्यान्डलाई थप उर्जा दिएको छ । 

अस्ट्रेलियाको कुरा गर्ने हो भने उ आफैंमा एक उर्जा हो । जहाँ ट्राभिस हेड, ग्लेन म्याक्सवेल जस्ता ब्याटर छन् । भर्खर आइपिएल फाइनल जितेका मिचेल स्टार्कको कुरा त के गर्नु ।

४. नेपालविरुद्ध बंगलादेश‘नेट रन रेटमा चुक्यो नेपाल’, १० वर्षअघि नेपाली समर्थकको मन खिन्न बनाएको समाचारको हेडलाइन हो यो । नेपालले क्रिकेट विश्वकपमा आफ्नो दोस्रो सहभागिता जनाउँदै गर्दा बंगलादेशविरुद्धको खेललाई बदलाको भावनाले हेरेको छ । 

२०१४ मा बंगलादेश समूह चरणमा नेपाललाई नेट रन रेटमा उछिन्दै सुपर १० मा पुग्न सफल भएको थियो । बंगलादेशले त्यतिबेला नेपाललाई आठ विकेटले पराजित गरेको थियो । तर, नेट रन रेट राम्रो हुँदो हो त नेपालले छिमेकी प्रतिस्पर्धीलाई प्रतियोगिताकै सर्प्राइज दिन्थ्यो । तर, त्यस्तो भएन । नेपाललाई भाग्यले साथ दिएन ।

यसपाली नेपाल बंगलादेशलाई सर्प्राइज दिने दाउमा छ । नेपाली बलर सोमपाल कामी यसका लागि तयार छन् । उनी एक मात्र नेपाली खेलाडी हुन् जसले त्यतिबेला देशको प्रतिनिधित्व गरेका थिए । खेल जुन १६ मा वेस्ट इन्डिजको एमोस भेल मैदानमा हुनेछ ।

५. दक्षिण अफ्रिकाविरुद्ध नेदरल्यान्ड्सपछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा दक्षिण अफ्रिकाको प्रदर्शन त्यति राम्रो छैन । त्यसैले यसपालीको विश्वकपमा दक्षिण अफ्रिकाले विपक्षीसँग मात्र नभएर आफ्नो मानसिक परिस्थितीसँग पनि  प्रतिस्पर्धा गरिरहेको छ ।  

गत संस्करण एडिलेडमा दक्षिण अफ्रिकाका नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएको थियो । जसको परिणाम स्वरुप दक्षिण अफ्रिकका समूह चरणबाटै बाहिरिन बाध्य भएको थियो । पाकिस्तान मात्र १ अंकको अग्रतामा सेमिफाइनलमा प्रवेश गरेको थियो । पछि उसले फाइनलमा पनि स्थान बनायो ।

दुई वर्षपछि यी दुई टोली मैदानमा उत्रिँदा दक्षिण अफ्रिकासँग बदलाको भावना हुनेछ भने नेदरल्यान्ड्स बलियो मानसिकता । खेल जुन ८ मा नाशाउ कन्ट्री अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ ।