आश्विन १, २०८१ मंगलबार | ०१:२७:१४
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित
शनिबारको दिन नेपाली क्रिकेट

विश्वकपको रास्तामा यस्तो छ नेपाली दस्ता

काठमाडौं । नेपालले यही जुन ४ मा अमेरिकाको टेक्सस राज्यस्थित डालासमा रहेको ग्रान्ड पियरे रंगशालामा नेदरल्यान्ड्ससँग खेल्दै ट्वान्टी-२० विश्वकप २०२४ को सुरु गर्दैछ । दोस्रो पटक विश्वकपमा सहभागिता जनाउन लागेको नेपाली टोलीले समूह ‘डी’को अर्को खेल जुन ११ मा फ्लोरिडाको सेन्ट्रल बोवार्ड रिजनल रंगशालामा श्रीलंकाको सामना गर्नेछ ।

अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपको समूह चरणअन्तर्गत बाँकी दुई खेलका लागि नेपालले त्यसपछि क्यारेबियन भ्रमण गर्नेछ । जहाँ किङ्सटाउनस्थित एमोस भेल रंगशालामा नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १७ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

सोमपाल कामीका लागि यो विश्वकपमा दोस्रो सहभागिता हो । १० वर्षअघि बंगलादेशमा पहिलो पटक विश्वकप खेल्दा पनि उनी नेपाली टोलीका महत्त्वपूर्ण खेलाडी थिए ।

सन् २०१४ मा पहिलो पटक विश्वकपको अनुभव बटुलेको १० वर्षपछि दोस्रो पटक त्यही स्टेजमा प्रतिस्पर्धाका लागि नेपाली टोली पूर्ण रूपमा तयार भइसकेको छ । बितेको वर्ष निकै व्यस्त र मस्त समय बिताएको नेपाली टोलीले अमेरिका र वेस्ट इन्डिजबाट सुखद नतिजाको उपहार दिनेमा सम्पूर्ण नेपाली खेलकुद आशावादी छ ।

दोस्रो पटक विश्वकप खेल्न लागेको नेपाली टोलीमा कस्ता खेलाडीहरू छन् त ? हामी चर्चा गर्दै छौं, क्यानले आइसिसीमा विश्वकपका लागि दर्ता गराएका खेलाडी सूची:

सोमपाल कामी 

सोमपाल कामीका लागि यो विश्वकपमा दोस्रो सहभागिता हो । १० वर्षअघि बंगलादेशमा पहिलो पटक विश्वकप खेल्दा पनि उनी नेपाली टोलीका महत्त्वपूर्ण खेलाडी थिए । सोमपाल यसपालिको टोलीमा अघिल्लो विश्वकप अनुभव भएका एकमात्र खेलाडी हुन् ।

गुल्मीका सोमपालले बुवासँगै गएर भारतको पन्जाबमा बाल्यकाल बिताउने क्रममा क्रिकेट खेल्न थालेका थिए । २०१३ मा नेपाल फर्किएर घरेलु क्रिकेट खेल्न थालेको केही महिनामै उनले राष्ट्रिय टोलीमा मौका पाए । सन् २०१३ मा भएको ‘जर्नी टु वर्ल्ड कप’बाट राष्ट्रिय टिमको ढोका उघारेका सोमपालले त्यसपछि कहिल्यै पछि फर्केर हेर्नुपरेन ।

घरेलु क्रिकेटमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट खेल्ने उनले फ्रेन्चाइज प्रतियोगिताहरूमा जगदम्बा जायन्ट्स, काठमाडौं किङ्स ११ र चितवन टाइगर्सबाट खेलेका छन् । १० वर्षअघि विश्वकपमा हङकङविरुद्ध खेल्दै २० ओभरको क्रिकेटमा अन्तर्राष्ट्रिय ‘डेब्यु’ गरेका सोमपाल नेपाली टिमका महत्त्वपूर्ण अलराउन्डर हुन् । तीव्र गतिको बलिङ उनको विशेषता हो । तर, ब्याटिङमा पनि उनीबाट भरपर्दो प्रदर्शन आशा गर्न सकिन्छ । उनले नेपालको राष्ट्रिय टिमबाट ओपनिङ समेत गरिसकेका छन् ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सोमपालले ६५ खेलमा ५८ विकेट लिएको तथ्यांक छ । यसैगरी ब्याटिङतर्फ उनले ३८ इनिङ्समा ३१५ रन बनाएका छन् ।

करण केसीसन् २०१५ देखि नियमित राष्ट्रिय टोलीको हिस्सा बन्दै आएका करण केसी साँचो अर्थमा नेपालका म्याच विनर खेलाडी हुन् । सन् २०१८ मा नामिबियामा विश्व क्रिकेट लिग डिभिजन २ मा क्यानडाविरुद्धको निर्णायक खेलमा नेपाल विजयी हुँदा करणको जादुमयी प्रदर्शनले भूमिका खेलेको थियो । नेपाल १ विकेटले विजयी उक्त खेलमा ११औं नम्बरमा ब्याटिङ गर्न आएका करणले ३१ बलमा ४ छक्का र ३ चौकासहित ४२ रन बनाएका थिए । जसलाई नेपाली क्रिकेट इतिहासकै एउटा असाधारण इनिङ्सका रूपमा स्मरण गरिन्छ ।

करणको विशेषता बलिङ हो । तीव्र गतिका बलर उनी टिमलाई आवश्यकता पर्दा तल्लो क्रममा रहेर पनि ब्याटिङबाट समेत योगदान गर्ने खेलाडी हुन् । बागलुङका करण पनि बाबुआमासँगै भारतमा हुर्किएका थिए । त्यहींबाट बाल्यकालमै उनको क्रिकेट यात्रा सुरु भएको थियो ।

सन् २०१४ मा धनगढीमा भएको नेपाल प्रिमियर लिगमा पञ्चकन्याबाट खेल्दै ७ खेलमा १० विकेट लिएपछि नेपाली क्रिकेटको राजमार्गमा करणको यात्रा सुरु भएको थियो । नेपाल आएको एक वर्ष नपुग्दै राष्ट्रिय खेलाडीको हैसियत बनाएका करण नेपाल पुलिस क्लबका खेलाडी हुन् । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा उनले ६८ खेलमा ९० विकेट लिएका छन् भने ३८ इनिङ्सबाट ४१७ रन बटुलेका छन् ।

प्रतिश जिसीप्रतिशको क्रिकेट यात्रा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले क्यान निलम्बनमा हुँदा चलाउने गरेको एकेडेमीमा प्रशिक्षण लिँदै सुरु भएको थियो । केही समयपछि हिमालयन क्रिकेट एकेडेमीमा नियमित प्रशिक्षण लिन थालेका उनी २०१६ मा काठमाडौंको प्रतिभा खोज कार्यक्रममार्फत प्रतिशले नेपाली क्रिकेटको मूलधारमा प्रवेश पाए ।

लगत्तै सन् २०१७ मा १६ वर्षमुनिको टिमबाट देशको प्रतिनिधित्व गरेका उनले २०१९ मा यु-१९ विश्वकप छनोट खेलेका थिए । बायाँहातले तीव्र गतिको बलिङ गर्ने उनी दायाँ हातबाट ब्याटिङ गर्छन् ।

२० वर्षे प्रतिशले नेपाली राष्ट्रिय टोलीबाट खेल्न थालेको धेरै भएको छैन । बायाँहाते मध्यम गतिका बलर प्रतिशको भूमिका टोलीमा बलिङ अलराउन्डरको रूपमा रहन्छ । दायाँ हातले ब्याट चलाउने उनले अहिलेसम्म नेपालबाट १० वटा मात्र ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जहाँ उनले बलिङबाट ८ विकेट लिएका छन् भने पाँच इनिङ्समा ब्याटिङको मौका पाउँदा ७ रन बनाएका छन् । 

अनिलकुमार साह नेपाली क्रिकेटलाई थुप्रै प्रतिभा दिने बारा जिल्लाको कलैयाका उत्पादन हुन अनिल । कलैयाको क्रिकेटमय माहोलमा हुर्केका अनिलले सानै उमेरदेखि खेल्न थालेका थिए । सन् २०१६ बाट उमेर समूहको राष्ट्रिय टिममा खेल्न थालिसकेका अनिललाई त्यो बेला नेपाली क्रिकेटको भविष्य मानिन्थ्यो ।

जुनसुकै नम्बरमा पनि ब्याटिङ गर्न सक्ने क्षमताका अनिलको विकेटकिपिङमा पनि उत्तिकै दखल छ । तर उनको करियर सोझो रेखामा अघि बढेन । दिन लागेका बेला आक्रामक रूपमा ब्याट घुमाउन माहिर अनिलले २०१८ मा राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । तर सिनियर स्तरमा प्रदर्शन औसतभन्दा तलको रहेपछि राष्ट्रिय टिममा उनी धेरै समय टिक्न सकेनन् ।

केही महिनामै टोलीबाट बाहिरिएका उनले ६ वर्षको कडा मिहिनेतपछि फेरि राष्ट्रिय टिममा हालै मात्र पुनरागमन जनाएका हुन् । घरेलु क्रिकेटमा गरेको सानदार प्रदर्शनपछि उनी हालै क्यानडाविरुद्धको एकदिवसीय शृंखलाका लागि टिममा फर्किन सफल भएका थिए ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा अनिलले जम्मा दुई खेलमा मात्र मौका पाएका छन् । त्यसमध्ये एकमा मात्र ब्याटिङ मौका पाएका उनले २३ रन बनाएका छन् । तर, एकदिवसीय अन्तर्राष्ट्रियमा भने उनको तथ्यांक लोभलाग्दो छ । जम्मा १० खेल खेलेका उनले १ शतक र २ अर्धशतकसहित २२६ रन बनाएका छन् ।  

सन्दीप जोरा सुदूरपश्चिमको कञ्चनपुरका सन्दीप नेपाली राष्ट्रिय टोलीका आक्रामक ब्याटर हुन् । मध्यक्रममा ब्याटिङ गर्ने सन्दीपले सन् २०१७ मा १९ वर्षमुनिको राष्ट्रिय टिममा ढोका खोलेका थिए । दुई वर्षपछि २०१९ मा राष्ट्रिय टिममा परेका उनले सुरुमै सनसनीपूर्ण प्रदर्शन गरे । तर, उनको खेल एकरुपको रहेन । जसका कारण राष्ट्रिय टिममा बाहिर–भित्रको खेल चलिरहेका उनीबाट पछिल्लो समय भने नेपाली क्रिकेटले ठूलो आशा राखेको छ ।

गत वर्ष चीनमा भएको एसियाली खेलकुदमा भारतविरुद्ध २९ रन बनाउने क्रममा अर्सदीप सिंहलाई दुई तथा साई किशोरलाई एक छक्का हानेपछि सन्दीप चर्चाको शिखरमा पुगेका थिए ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा २२ वर्षे सन्दीपले २० खेलमा २४ इनिङ्स खेल्ने मौका पाउँदा तीन अर्धशतकसहित ३८७ रन बनाएका छन् ।

सागर ढकालगुल्मीका सागर ग्रेट हिमालयन क्रिकेट एकेडेमीका उत्पादन हुन् । २०१४ को विश्वकपमा नेपाललाई हेरेर प्रभावित भएका सागर अहिले दोस्रो पटक नेपालले विश्वकप खेल्दै गर्दा टोलीमा उदीयमान स्पिनरका रूपमा स्थापित भइसकेका छन् ।

बायाँहाते स्पिनर सागरले २०१८ मा धनगढी एक्सपर्टबाट पिपिएल खेल्दै घरेलु क्रिकेटमा यात्रा थालेका थिए । त्यही वर्ष यु-१९ टिमबाट भारतमा एउटा आमन्त्रित प्रतियोगिता खेल्न जाँदा प्लेयर अफ द म्याचको प्रदर्शन गरेपछि उनी उमेर समूहको एसिया कपमा पनि टिममा परेका थिए ।

सन् २०२२ बाट राष्ट्रिय टिममा पर्न थालेका सागरले ट्वान्टी‍-२० अन्तर्राष्ट्रियमा तीन खेलमात्र खेल्न पाएका छन् । जहाँ बलबाट एक विकेट लिएका उनले ब्याटबाट एक इनिङ्समा मौका पाउँदा रनको खाता खोल्न सकेका छैनन् ।

अविनाश बोहराभारतको सिमलामा जन्मिएका अविनाशको पुख्र्यौली थलो दाङ हो । पिता रोजगारीका लागि सिमला पुगेका थिए । भारतको क्रिकेट माहोलमा भिजेका उनले सन् २०१३ मा नेपाल आएका बेला एउटा क्षेत्रीय प्रतियोगिता खेलेपछि राष्ट्रिय स्तरमा पहिचान स्थापित गरे ।

उनी नेपाल आएको एक वर्षपछि नै १९ वर्षमुनिको राष्ट्रिय टिमको बन्द प्रशिक्षण सिविरमा परेका थिए । २०१६ को इपिएलमा काठमाडौं गोर्खाजबाट खेल्न पाएको मौकालाई न्याय गरेपछि एपिएफको टोलीमा पुगेका अविनाश राष्ट्रिय टिममा पर्न थालेको भने २०१९ बाट मात्र हो ।

श्रीलंकाका पूर्व सुपरस्टार लासिथ मालिङ्गाको खेलबाट प्रभावित अविनाशले आफ्नो बलिङशैली पनि उस्तै बनाएका छन् । जसका कारण नेपाली क्रिकेटमा उनी डेथ बलिङ विशेषज्ञमध्ये एक हुन् ।

बलिङ शैलीकै कारण ट्वान्टी-२० मा केन्द्रित गराइएका अविनाश टिमबाट बाहिर–भित्र हुनेक्रम जारी रह्यो । आसन्न विश्वकपमा विपक्षीलाई सानो स्कोरमा रोक्न योर्कर विशेषज्ञ अविनाश नेपाली टिमका मुख्य हतियार हुनेछन् ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा २६ वर्षे अविनाशले ५९ खेलमा ७४ विकेट लिएका छन् । ब्याटिङतर्फ भने उनले १५ इनिङ्समा मात्र मौका पाउँदा २३ रन बनाएका छन् ।

गुल्सन झा नेपाली क्रिकेटमा छोटो समयमै स्टार खेलाडीका रूपमा स्थापित हुन सफल गुल्सनलाई सरप्राइज प्याकेजका नामले पनि चिनिन्छ । सर्लाहीका गुलसन खासमा दायाँहाते तीव्र गतिका बलर हुन् । तर बायाँहातबाट ब्याट घुमाउन पनि उनी माहिर छन् । आक्रामक ब्याटरको समेत छवि जोडिँदा उनी एउटा सनसनीपूर्ण अलराउन्डर बनेका छन् ।

चार वर्षअघि पहिलो पटक घरेलु क्रिकेटमा देखिएका गुलसन प्रधानमन्त्री कपमा गरेको उम्दा प्रदर्शनका कारण तुरुन्तै राष्ट्रिय टिममा परे । १५ वर्षको उमेरमा राष्ट्रिय टिमबाट डेब्यु गरेका गुलसन आवश्यकता पर्दा टिमलाई ब्याट र बल दुवैबाट जिताउने सामथ्र्य राख्छन् ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १९ वर्षे गुलसनले २९ खेल खेल्ने क्रममा २३ इनिङ्समा बलिङ मौका पाउँदा १९ विकेट लिएका छन् । ब्याटबाट उनले २२ इनिङ्समा एक अर्धशतकसहित ३६२ रन बनाएका छन् ।

आसिफ शेख वीरगन्जको शेख परिवारले नेपाली राष्ट्रिय टिमलाई २ प्रतिभावान खेलाडी दिएको छ । राष्ट्रिय टोलीका शेख दाजुभाइमा आरिफ कान्छा हुन् । दाजु आसिफ यसपालिको विश्वकप टोलीमा छैनन् । तथापि उनकै पथ पछ्याउँदै सानैदेखि क्रिकेट खेल्न थालेका आरिफ घरेलु क्रिकेटमा देखिन थालेको सन् २०१२ देखि हो । त्यही वर्ष उनले १६ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेल्ने मौका पाएका थिए ।

यु-१६ टिमको कप्तानसमेत भएका आसिफले सन् २०१७ मा १५ वर्षको उमेरमै सिनियर राष्ट्रिय टिमबाट खेलिसकेका थिए । त्यसपछि यु-१९ राष्ट्रिय टिममा खेलाडी र कप्तान दुवै भूमिकामा अब्बल प्रदर्शन गरेका आसिफ घरेलु प्रतियोगितामा पनि छाइरहेका थिए ।

औपचारिक प्रतियोगितामा भने २०२१ मा अन्तर्राष्ट्रिय डेब्युको मौका पाउँदा नै अर्धशतक प्रहार गरेर उनले सनसनी मच्चाएका थिए । भलाद्मीको खेलमा त्यहीअनुसारको व्यवहार समेत गर्ने आसिफले दुई वर्षअघि आइसिसी र मेरिलिबोन क्रिकेट क्लबबाट स्पिरिट अवार्ड पाएका थिए ।

ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले ४४ खेल खेल्दै पाँच अर्धशतकसहित १०२३ रन बनाएका छन् । त्यसक्रममा उनले ३४ छक्का र ९९ चौका प्रहार गरेको तथ्यांक छ ।

दीपेन्द्रसिंह ऐरीनेपाली क्रिकेटले पाएको सुन्दर उपहारमध्ये दीपेन्द्रसिंह एक हुन् । गतवर्ष एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ९ बलमा अर्धशतक बनाएर विश्व क्रिकेटमा तहल्का पिटेका दीपेन्द्रले एसिसी प्रिमियर कपमा यसै वर्ष कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेर अर्को सनसनी मच्चाए ।

जुन विश्व क्रिकेटमा अब नतोडिने खालको दुर्लभ कीर्तिमान पनि हो । नेपाली क्रिकेटलाई विश्वव्यापी चर्चा दिलाउन दीपेन्द्रका यी दुई इनिङ्सले ठूलो भूमिका खेले । नेपाली क्रिकेटले पाएका इतिहासकै उत्कृष्ट अलराउन्डरमध्ये एक दीपेन्द्रले गृहनगर कञ्चनपुरको महेन्द्रनगरबाट करियरको सुरुआत गरेका थिए ।

उमेर समूहको बाटो हुँदै राष्ट्रिय टिममा प्रवेश पाएका दीपेन्द्रले २०१७ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका हुन् । विश्व क्रिकेट लिगमा केन्याविरुद्ध पहिलो पटक राष्ट्रिय टिमबाट खेलेयता सधैं राष्ट्रिय टिमको हिस्सा रहँदै आएका दीपेन्द्रकै ८८ रनको मद्दतमा २०१७ मा नेपालले यु-१९ एसिया कपमा भारतमाथि १९ रनको जित हासिल गरेको थियो ।

२४ वर्षे दीपेन्द्र नेपाली टोलीका मध्यम गतिका बलर तथा मध्यक्रमका ब्याटर हुन् । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दीपेन्द्रले कुल ६४ खेलमा ५६ पटक ब्याटिङको मौका पाउँदा एक शतक र ९ अर्धशतकसहित १६२६ रन बनाएका छन् । बलिङमा भने ३९ खेलबाट उनले ३७ विकेट लिएका छन् ।

कुशल भुर्तेल रुपन्देहीका कुशल नेपाली राष्ट्रिय टिमका ओपनर हुन् । नेपाली क्रिकेटमा ओपनिङ ठूलो समस्याका रूपमा रहँदै आएको अवस्थामा कुशल त्यसले पाएको एउटा उत्तम समाधान पनि हुन् ।

सन् २०११ बाट क्रिकेट खेल्न थालेका कुशल स्कुलस्तरीय प्रतियोगिताको प्रतिभा खोजबाट १६ वर्षमुनिको राष्ट्रिय टिममा आएका थिए । उमेर समूहमा बढुवा हुँदै जानेक्रममा कुशल सबै घरेलु प्रतियोगिता खेलिरहेका थिए । जहाँ तल्लो क्रमबाट उनको ब्याटिङ पोजिसन पनि बढुवा हुँदै ओपनरसम्म भइसकेको थियो ।

यही कारण २०१९ मा कुशलका लागि राष्ट्रिय टिमको ढोका खुल्यो । यतिबेलासम्म कुशलको परिचय एउटा भरपर्दो ओपनरसँगै लेग स्पिन बलरका रूपमा पनि फराकिलो भइसकेको थियो । राष्ट्रिय टिममा एकपल्ट परेपछि निरन्तर रहँदै आएका कुशलले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ४२ इनिङ्समा एक शतक र ८ अर्धशतकसहित १०८१ रन बनाएका छन् । बलिङमा ८ पटक मौका पाउँदा उनले १० विकेटमा नाम लेखाएका छन् ।

रोहितकुमार पौडेल सन् २०१४ मा नेपालले पहिलो पटक ट्वान्टी-२० विश्वकप खेल्दा रोहितको उमेर १२ वर्षको मात्र थियो । त्यतिखेर उनी क्रिकेट र फुटबल उत्तिकै खेल्थे । बढि रुचिचाहिँ फुटबलमै थियो । पारस खड्काको कप्तानीमा नेपालले बंगलादेशमा सहभागिता जनाइरहँदा पूरा देश क्रिकेटमय भयो । त्यही माहोलले रोहितलाई पनि क्रिकेटतिर एकोहो¥यायो, कहिल्यै यताउता नफर्किने गरी ।

संयोग १० वर्षको प्रतिक्षापछि नेपालले फेरि विश्वकपमा सहभागिता जनाउन लाग्दा नवलपुरका रोहित कप्तानको रूपमा टिमको नेतृत्वमा छन् । विश्वकपलगत्तै काठमाडौं आएर बालुवाटार क्रिकेट एकेडेमी धाउन थालेका रोहितले नयाँ दिल्लीको गुरुचरण एकेडेमीमा पनि प्रशिक्षणको मौका पाए ।

एकेडेमीको प्रशिक्षणबाट खारिएका रोहितले प्रतिभा खोज कार्यक्रममार्फत २०१६ मा १९ वर्षमुनिको एसिया कपका लागि राष्ट्रिय टिममा स्थान भेट्टाए । जहाँ भारतविरुद्ध बनाएको ६८ रनले मध्यक्रमका ब्याटर रोहितको करियरलाई थप उचाइ दियो ।

२०१८ बाट राष्ट्रिय टिममा स्थान पाउन थालेका रोहितको करियर त्यसपछि उकालो लाग्दै गयो । राष्ट्रिय टिमका नियमित सदस्य हुनुका साथै प्रदर्शन पनि उच्च रहेका रोहितले नसोचेको पारामा कप्तानको जिम्मेवारी पाए । सन्दीप लामिछाने निलम्बनमा परेपछि रोहितले गतवर्ष कप्तानको जिम्मेवारी पाएका थिए । उनकै कप्तानीमा नेपालले विश्वकपमा स्थान पक्का गरेको हो ।

ट्वान्टी-२० अन्तर्राष्ट्रियमा रोहितले ५८ इनिङ्समा ब्याटिङ गर्न पाउँदा ६ अर्धशतकसहित ११०८ रन बनाएका छन् । यसैगरी ९ इनिङ्समा बलिङ गर्ने क्रममा उनले ५ विकेट लिएका छन् ।

कुशल मल्लबायाँहाते ब्याटर कुशल मल्ल नेपाली टोलीका अर्थोडक्स बलर हुन् । ब्याटिङ अलराउन्डरको भूमिकामा पछिल्लो ५ वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टिममा योगदान गरिरहेका कुशल मध्यक्रममा हुँदा नेपालको इनिङ्स धराशायी नहुने विश्वास लिन सकिन्छ ।

रूपन्देहीका २० वर्षे कुशल उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म आइपुगेका हुन् । घरेलु फ्रेन्चाइज क्रिकेटमा उनले भैरहवा ग्लाडियटर्स र रूपन्देही च्यालेन्जर्सबाट खेलेका थिए ।

सन् २०१९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका कुशलले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ३९ खेल खेलेका छन् । त्यसमध्ये ३५ इनिङ्समा ब्याटिङ गर्न पाउँदा एक शतक र चार अर्धशतकसहित ७७१ रन बनाएका छन् । त्यसक्रममा उनले ६० छक्का र ४२ चौका प्रहार गरेको तथ्यांक छ । बलिङतर्फ २५ खेलमा उनले १९ विकेट लिएका छन् ।

कमलसिंह ऐरीबैतडीका बलिङ अलराउन्डर कमल आसन्न विश्वकपमा नेपालले महत्त्वपूर्ण समयमा उपयोग गर्न सक्ने एक धारिलो हतियार हुन् ।

२३ वर्षका दायाँहाते कमलको खास भूमिका बलिङ हो । उनी मध्यम गतिका बलर हुन् । सशस्त्र प्रहरी बलको एपिएफबाट घरेलु क्रिकेट खेल्ने उनी उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म पुगेका हुन् । २०१७ मा उनले नेपालको उमेर समूहको टिमबाट यु–१९ एसिया कप खेलेका थिए ।

सन् २०२० मा पहिलो पटक राष्ट्रिय टिममा परेका उनी त्यसयता टिममा नियमित छन् । ट्वान्टी-२० अन्तर्राष्ट्रियमा १० खेलमा १५ विकेट लिएका उनले तीन इनिङ्समा ब्याटिङको मौका पाउँदा १८ रन बनाएका छन् ।

ललितनारायण राजवंशीविराटनगरका बायाँहाते अर्थोडक्स बलर ललित २५ वर्षका भए । सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका उनी नेपाली टोलीका अनुभवी खेलाडीमध्ये एक हुन् ।

घरेलु फ्रेन्चाइज क्रिकेटमा ललितपुर प्याट्रियोट्स र पोखरा पल्टनबाट खेलेका ललितले राष्ट्रिय टोलीमा डेब्यु गरेको ६ वर्ष भए पनि ट्वान्टी-२० स्वरुपमा उनले धेरै मौका भने पाएका छैनन् ।

नेपालका लागि ट्वान्टी-२० अन्तर्राष्ट्रियका २१ खेल खेल्ने क्रममा ललितले २८ विकेट लिएका छन् । उनी उमेर समूहको बाटो हुँदै राष्ट्रिय टिमसम्म पुगेका हुन् ।